बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र टोटनह्याम विजयी, म्यान्चेस्टर सिटी पराजित

आइतबार, भाद्र २९ २०७६

काठमाडौं(एजेन्सी)–इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सानदार लय जारी छ । आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने क्रममा लिभरपुलले हिजो न्युकासल युनाइटेडलाई ३–१ ले हरायो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई गएराति नर्विच सिटीले ३–२ ले स्तब्ध पार्यो । यसैगरी टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई ४–० ले हराउँदा चेल्सीले वुल्भरह्याम्पटन वान्डरर्समाथि ५–२ को जित निकाल्यो ।
यसैगरी म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई १–० ले पराजित गर्दा साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई १–० ले हरायो । ब्राइटन र बर्न्लेले १–१ गोलको बराबरीमा चित्त बुझाए । प्रिमियर लिग फुटबलमा आइतबार दुई खेल हुनेछन् । आइतबार बर्नमाउथले एभर्टनसँग खेल्दा वाट्फोर्ड र आर्सनल भिड्नेछन् । प्रिमियर लिगमा ५ खेलबाट १५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ८–८ अंक जोडेका टोटनह्याम हट्सपर, म्यान्चेस्टर युनाइटेड, लेष्टर सिटी र चेल्सी क्रमशः तेस्रोदेखि छैटौं स्थानसम्म रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार