बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जोर्डनसँग नेपालको फराकिलो हार

आइतबार, भाद्र २९ २०७६

काठमाडौं(जस)–नेपाली युवा टोलीले फराकिलो हारबाट एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलको यात्रा सुरु गरेको छ । समूह ‘ए’ मा रहेको नेपाल शनिबार राति भएको पहिलो खेलमा आयोजक जोर्डनसँग ७–० गोलले पराजित भयो । नेपालले पहिलो हाफमै पाँच गोल खाएको थियो । १६औं मिनेटमा अहमद अब्दुल्लाहले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । १९औं मिनेटमा अली अहमद हाजाबीले जोर्डनको अग्रता दोब्बर बनाए । २०औं मिनेटमा अब्देल काडेर अलालेमले तेस्रो गोल गरे । ४२औं मिनेटमा मोहमद खालेद अबिडाटले चौथो गोल थपे । ४४औं मिनेटमा अब्देलले व्यक्तिगत दोस्रो गोल गरे ।
४७औं मिनेटमा अब्देलले ह्याट्रिक पूरा गरे । ८०औं मिनेटमा सराज मुनिरले गोल गर्दै जोर्डनलाई फराकिलो जित दिलाए । नेपाली टोली दुई साता अघि मात्र साफ यू–१५ च्याम्पियनसिपको उपविजेता बनेको थियो । त्यसपछि छोटो तयारी गरेर जोर्डन पुगेको नेपाली टोलीले पहिलो खेलमै लज्जास्पद हार खेप्यो । सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘ए’ मा नेपाल सहित कुवेत, ताजकिस्तान र दक्षिण एसियाली देश श्रीलंका छ । नेपालले अब दोस्रो खेल सोमबार कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार