बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

शनिबार, भाद्र २८ २०७६

काठमाडौं(जस)–नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जीवनराम श्रेष्ठ १७ मत ल्याई पुनःनिर्वा्चित भएका छन् । चार वर्षका लागि निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका छन् । अन्तरराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा आज बिहान निर्वाचन भएको थियो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कुराकानीमा कमिटीको स्वायत्ततालाई प्रभावकारीरुपमा अगाडि बढाउने, नेपालमा आसन्न साउथ एशियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा समेत उनी निर्वाचित हुन ।
यसैगरी महासचिवमा पनि जीवनराम श्रेष्ठ प्यानलका निलेन्द्रराज श्रेष्ठ १५ मत ल्याएर विजयी भएका छन् । उमेशलाल पक्षका पुरेन्द्रविक्रम लाखेले १२ मत पाएका छन् । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ । जम्मा २७ जना पदाधिकारी रहेको एनओसीमा २६ जना निर्वाचनमा होमिएका छन् । निर्वाचनको पर्यवेक्षण अन्तर्रा्ष्ट्रिय ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका छन् । यसअघि भदौ २० गतेका लागि तय भएको निर्वाचन सर्वोच्च अदालतको आदेशपछि स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार