काठमाडौं(जस)–थाइल्याण्डमा हुने १४ औँ एसियन ‘टग अफ वार’ इन्डोर च्याम्पियनसीपमा नेपालको तर्फबाट सहभागी खेलाडी तथा अफिसियलहरुलाई बिहीवार नेपाल टग अफ वार एशोसियसनले एक विषेश कार्यक्रम गरी बिदाइ गरेको छ ।
यही भाद्र २७ गते देखि ३० गतेसम्म हुने खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुने १५ जना खेलाडी तथा अफिसियललाई नेपाल टग अफ वार एशोसिएसनका अध्यक्ष भवानी प्रसाद पौडेल, साउथ एसियन टग अफ वार फेडेरेसनका उपाध्यक्ष नरेन्द्र बहादुर अधिकारी तथा नेपाल टग अफ वार एशोसिएसनका पदाधिकारी, सदस्य तथा विभिन्न जिल्लाका अध्यक्षहरुले बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा शुभकामना दिँदै एशोसियसनका अध्यक्ष भवानी प्रसाद पौडेलले नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुले नतिजा आफ्नो हातमा पार्ने विश्वास व्यक्त गरेका थिए । नेपाल टग अफ वार एशोसियसले अन्तर्रा्ष्ट्रिय स्तरमा सहभागिता जनाएको यो पहिलो पटक हो ।