बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

टिभिएसको स्वास्थ्यको लागि रमाइलो दौड सम्पन्न

शनिबार, भाद्र २८ २०७६

काठमाडौं(जस)–नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आफ्नो उपभोक्ता प्रवद्र्धन योजनाटिभिएस दशैंको दौड कै एक हिस्सा स्वरुप आयोजना गरेको मनोरन्जक एवं छोटो दूरीको दौड ‘टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड’े शनिबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । दशैको दौड एक यस्तो उपभोक्ता योजना हो जहाँ ग्राहकहरुले बाइक किन्नु अघि र किनेपछि दुवै पटक उपहार जित्न सक्नेछन् । दर्ता शुल्क नलाग्ने यस दौडमा सर्वसाधरण नागरिकहरुलगायत विभिन्न चर्चित कलाकारहरु, राजनैतिक व्यक्तित्वहरु, संचारकर्मीहरु, खेलाडीहरु म्याराथुन धावक वैकुण्ठ मानन्धर र मीरा राईआदिको उत्साहजनक सहभागीता रहेको थियो ।
रमाइलो दौड विहान ८ बजे नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो । दौडको प्रारम्भ गर्दैं खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले भने, ‘यसप्रकारको छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागिकतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको छ । स्वास्थ्यप्रति सजग गराउने लक्ष्यका साथ यसप्रकारको रमाइलो दौड आयोजना गरेकोमा म आयोजकलाई धन्यवाद दिन चाहन्छु ।’ यस्तै सोही दौडमा सहभागी बनेका चर्चित कलाकार निखिल उप्रेती र प्रदिप खड्काले यो दौड प्रतियोगिता भन्दापनि रमाइलो र मनोरन्जनको लागि आयोजना गरिएकोले सहभागी बन्न पाउँदा आफूलाई पनि रमाइलो लागेको बताए । उनले दौडमा बालबालिका, युवायुवती, पाका उमेरका सबैगरी हजारौंको संख्यामा सहभागीता रहनुले स्वास्थ्यप्रति हामी कति सचेत छौ. भन्ने उदाहरण प्रस्तुत गरेको पनि उल्लेख गरे ।
रमाइलो दौड प्रतियोगितामा सहाभगीभएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरीदमा रु.१००० र (नगद पक्का छुट दिइने उपहार प्रदान गरिएको थियो भनें प्रथम, द्वितीय र तृतीय स्थानहासिल गरेका प्रतियोगीहरुलाई क्रमशः रु.५०,०००, रु.२५,००० र रु.१५,००० नगद पुरस्कार प्रदान गरियो । उक्त रमाइलो दौडमा प्रथम स्थानमा नेपाल आर्मीका हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दिपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीका गजेन्द्र राई विजयी भए ।
शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘सर्वप्रथम त म जगदम्बा मोटर्सले पहिलो पटक आयोजना गरेको यसप्रकारको रमाइलो दौडलाई सफल बनाउनमा तपाईंहरुले उत्साहजनक रुपमा सहभागी भै दिनु भएकोमा म कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । यहाँहरुले जुन उत्साहएवं हौसलाका साथनिर्धारित दूरी पूरा गर्नु भएको छ, त्यसले हामीलाई पनि आगामी दिनका लागि थप हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि हामी तपाईं ग्राहकहरुसँग प्रत्यक्ष सम्बन्ध राख्ने यसप्रकारको योजनाहरु संचालन गरि नै रहने प्रण गर्दै आजका विजेता धावकहरुलाई म बधाई समेत ज्ञापन गर्दछु ।’ जगदम्बा मोटर्सले आयोजना गरेको टिभिएस दशैको दौड योजना लागू भैसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार