बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

अफगानिस्तान विजयी

बिहिबार, भाद्र १९ २०७६

प्रतियोगितामा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । पहिलो दिन सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ । बर्षाले प्रभावित हुदा ४६ ओभरमा घटाइएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई १६३ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले दिएको १६३ रनको लक्ष्य पछाएको पाकिस्तान १९.४ ओभरमा ७८ रन बनाउदा अल आउट भएपछि अफगानिस्तान ८४ रनले विजयी भएको हो । पाकिस्तानका लागि इरफान खानले १९ र रोहैल नाजिरले १६ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन । अफगानिस्तानका बलर शाफिक्वाल्लाह घफारीले ३ विकेट लिए भने फजाल हक, अबिदुल्लाह तनिवाल र नूर अहमदले २–२ विकेट लिए । त्यस्तै जम्सिद खानले एक विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४६ ओभरमा ९ विकेट गुमाउदै १६२ रन बनाएको थियो । अफगानिस्तानका लागि सेडीक्वाल्लाह अटलले सर्वाधिक २९ रन बनाए भने रह्मनुल्लाहले २७, फरहान जाखिलले १९, जम्शिद खान र नूर अहमदले १७–१७ रन बनाए । पाकिस्तानका बलर आमिर अली र फहाद मुनिरले ३–३ विकेट लिए भने अब्बास अफ्रिदीले २ तथा नसीम शाहले एक विकेट लिए । यस्तै समुह ए मा रहेको पाकिस्तानले अब अर्को खेल शनिबार भारतविरुद्ध खेल्ने छ भने अफगानिस्तानले सोमबार भारतविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार