काठमाडौं(एजेन्सी)–अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन्् । बुधबार बिहान भएको महिला एकल खेलमा आठौं वरियताकी सेरेनाले १८औं वरियताकी चिनिया खेलाडी वाङ क्विाङलाई २–० को सोझो सेटमा हराईन् । ४४ मिनेट चलेको खेलमा ३७ बर्षीय सेरेनाले ६–१, ६–० को सहज जित निकालेकी थिईन् । सेमिफाइनलमा सेरेनाले युक्रेनकी एलिना एसभिटोलिनासँग प्रतिस्पर्धा गर्ने्छिन् । पाँचौं वरियताकी एलिनाले मंगलबार राति बेलायतकी जोहाना कोन्टालाई ६–४, ६–४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिईन् ।
यसैगरी बुधबार बिहानै भएको पुरुष एकल तर्फको खेलमा पाँच पटकका च्याम्पियन रोजर फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । स्विस स्टार रोजर बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग ३–६, ६–४, ३–६, ६–४, ६–२ ले पराजित भए । दोस्रो बरियताका रोजरलाई हराएसँगै ७८औं वरियताका दिमित्रोभले सेमिफाइनलमा स्थान बनाए ।