सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एसपी राठौर एक्सनमा , गोली हानेर एकजना नियन्त्रणमा

बुधबार, भाद्र १८ २०७६

आलोक यादव
भदौ १८ गते– एक व्यक्तिको हत्या गर्न ‘सुपारी’ लिएका खुंखार अपराधी सन्तोष दासलाई प्रहरीले वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट गोली हानेर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका दास खुंंखार अपराधी रहेको प्रहरीले जानकारी दिएको छ ।भारतमा बसेर नेपालका व्यापारी धम्काउदै पैसा असुली गर्ने गरेका अपराधीक पृष्ठभुमि भएका दासलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलिले एक राउण्ड गोली हानेर नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। पक्राउ परेका दासको दाहिने घुँडामा एक गोली लागेको छ । उनको अहिले नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। उनको साथबाट प्रहरीले एउटा टाइप ५४ पिस्तोल र त्यसमा लाग्ने १७ राउण्ड गोली र १७० ग्राम ब्राउन सुगर (लागुऔषध) पनि बरामद गरेको छ ।



यस अगाडी कर्तब्य ज्यान मुद्दामा करिब १० बर्ष जेल सजाय पूरा गरेर छुटेको दासले पछिल्लो समय भारतमा बस्दै सत्यराज योगीको भेषमा हिंड्ने गरेको पाइएको छ। एसपी राठौरले भने वीरगञ्ज र आसपासका क्षेत्रमा अपराधिक गतिविधि बढाएका कारण दास हाम्रो खोजी सूचीमा थिए।एसपी राठौरका अनुसार मंगलबार राती अपरेसनमा खटिएको प्रहरीको विशेष टोलीसंग जम्काभेट हुँदा दासले पिस्तोल देखाएर भाग्न खोजेपछी गोली हानेर नियन्त्रणमा लिइएको थियो। नेपाल प्रहरीमा निडर तथा व्यावसायिक अधिकृतको छवि बनाउन सफल एसपी राठौर पर्सा आगमनसंगै आपराधिक समुहको भागाभाग भएको छ। राठौर यस अगाडी महानगरीय अपराध महाशाखामा कार्यरत थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार