बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

इन्टर मिलानको जितमा लुकाकुको निर्णायक गोल

सोमबार, भाद्र १६ २०७६

काठमाडौं(एजेन्सी)–इटालियन सिरी ए क्लब इन्टर मिलानले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा इन्टर मिलानले काग्लिअरीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा केहि साता अघि म्यानचेस्टर युनाइटेडबाट इन्टर आएका रोमेलु लुकाकुले पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । लुकाकुले पहिलो लेक्केविरुद्धको खेलमा पनि एक गोल गरेका थिए ।

यस अघि १/१ गोलको अवस्थमा रहेको बेला खेलको ७२औ मिनेटमा इन्टरले पाएको पेनाल्टीलाई लुकाकुले गोलमा परिणत गरेका थिए । यस अघि इन्टर मिलानका लागि लाउटारो मार्टिनेजले खेलको २७औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने काग्लिअरीका लागि खेलको ५०औ मिनेटमा जोआओ पेड्रोले गोल गर्दै खेल बराबरी गरेका थिए । इन्टरले सिरी ए मा लगातार २ खेलमा जित हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार