बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात, आज राति ६ खेल हुँदै

शनिबार, साउन २५ २०७६

काठमाडौं, २५ साउन । काठमाडौंः साविकको उपविजेता लिभरपुलले इंग्लिश प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान एनफिल्डमा भउको सिजनको पहिलो खेलमा नवप्रवेशी क्लब नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले विजयी सुरुवात गरेको हो ।

लिभरपुलका लागि मोहम्मद सलाहा, भर्जिल भान डिजिक र डिभोक ओरिजीले एक एक गोल गरे । यस्तै एक गोल भने उपहार पाएको थियो । नर्विचका ग्रान्ट हेन्लीले आत्मघाती गोल गरेका थिए । यसैगरी नर्विचका लागि टिमु पुक्कीले एक गोल गरे ।

खेलको सातौं मिनेटमा नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । १९ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
२८ औ मिनेटमा डिजिकले गोल गर्दै लिभरपुलको अग्रता तेब्बर पारे । ४२ औं मिनेटमा ओरिजीले गोल गर्दै लिभरपुललाई ४–० को स्थितीमा पुर्याएका थिए । त्यस्तै, ६४ औं मिनेटमा नर्विचका टिमु पुक्कीले गोल गर्दै अग्रता घटाउने प्रयास गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल ४–१ ले विजयी हुन सफल भयो ।
जितसँग प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक जोड्न सफल रह्यो भने यसै सिजन प्रिमियर लिगका बढुवा भएको नर्विच पहिलो खेलमा अंक जोड्न असफल रह्यो ।

आज राति ६ खेल हुँदै
इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार ६ खेलहरु हुँदैछ ।

प्रिमियर लिगमा शनिबारको पहिलो खेल नेपाली समय अनुसार सवा ५ बजे गत सिजनको उपाधि विजेता म्यानचेस्टर सिटी र वेष्टहाम युनाइटेड आमने सामने हुनेछन् ।

यस्तै, आज राति नै पौने आठ बजे बर्नमाउथ र सेफिल्ड, बु्रन्ली र साउथह्याम्टन, क्रिस्टल प्यालेस र एभर्टन, वाटफोर्ड र ब्राइटोन आमने सामने हुनेछन् ।

प्रिमियर लिग अन्तर्गत आज रातिको अन्तिम खेलमा टोटनह्याम र एन्टोन भिल्ला सवा १० बजे खेल्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार