बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

टी–२० को अलराउण्डरतर्फको वरियतामा पारसको ठुलो छलाङ

बुधबार, साउन २२ २०७६

काठमाडौं(जस)–नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० वरियतामा अलराउण्डरतर्फको वरियतामा ठुलो छलाङ मारेका छन् । बुधबार सार्वजनिक वसिरयता क्रममा खड्का २५ औं स्थानमा छन् । यसअघि खड्का ३९औं नम्बरमा थिए । पारससँगै न्युजील्याण्डका मिचेल सान्टनर, भारतका सुरेश रैना र जिम्बाबेका एल्टन चिगुमबरा वरियतामा २५औ नम्बरमा रहेका छन् ।

अलराउन्डरतर्फ १४ स्थानमाथि उक्लिएका पारस भारतका रोहित शर्मा, इङल्याण्डका जोय रुट, अफगानिस्तानका रासिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका हार्दिक पाण्डेय भन्दा अगाडी रहेका छन् । अलराउन्डर तर्फ अस्ट्रेलियाका ग्लेन म्याक्स वेल शिर्ष स्थानमा छन् भने बंगलादेशका शकिब अल हसन दोस्रो र अफगानिस्तानका मोहमद नावी तेस्रो स्थानमा रहेका छन् । टी–२० को अलराउण्डरतर्फको वरियतामा पारसको ठुलो छलाङ, हार्दिक पाण्डेयभन्दा अगाडी त्यस्तै पारस ब्याटिंग तर्फको वरियतामा ६६औ स्थानमा उक्लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार