बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा लोक आदर्श विजयी

बुधबार, साउन २२ २०७६

काठमाडौं(जस)–लोक आदर्शले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेको छ । लोक आदर्शले हर्टल्यान्डलाई ३९–२८ ले पराजित ग¥यो ।लोक आदर्शका विशाल लामिछानेले १५ अंक जोडे । सिनियर ब्वाइजमै नेपालयले होली भिजनलाई ६५–३५, बिग बुद्धले पुष्प सदनलाई ४८–४०, दुर्गा भवानीले एलआरआईलाई २८–२७ र ब्राइट होराइजनले कमललाई ४३–३० ले हराए । नेपालयका देवसिंह आले मगरले ३७, बिग बुद्धले प्रशान्त लोप्चनले १९, दुर्गा भवानीका राज मगरले १२ र ब्राइट होराइजनका अभवराजले १६ अंक जोडे ।

जुनियर ब्वाइजमा एन्जल्स हर्टले स्वप्न वाटिकालाई २७–२३ तथा न्यु भिजनले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई १९–८ ले पाखा लगाए । एन्जल्स हर्टका निकेश मगरले २० तथा न्यु भिजनका प्रकृत ठकुरीले ६ स्कोर गरे । सिनियर गल्र्समा सिद्धार्थ बनस्थलीले कमललाई २७–५, हर्टल्यान्डले दुर्गा भवानीलाई १२–८ र स्वप्न वाटिकाले ग्लेन बडलाई १७–४ ले पन्छाए । सिद्धार्थ बनस्थलीकी रक्षा श्रेष्ठले १३, हर्टल्यान्डकी द्रोणा मगरले ५ र स्वप्न वाटिकाकी अनिता कार्कीले ११ अंक जोडे ।

प्रतिक्रिया
सम्बन्धित समाचार