आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

भुवनको ‘साइनो’ सेन्सर पास

आइतबार, साउन १९ २०७६

काठमाडौं(जस)–आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘साइनो’ सेन्सर पास भएको छ । नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’ लाई चलचित्र सेन्सर बोर्डले हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्ने ‘पिजी सर्टि्फिकेट’ दिएको हो । निर्देशक रमेश थापाले पिजी सर्टि्फिकेट पाएपनि फिल्म सबै उमेरका दर्शकले ढुक्क भएर हेर्न सकिने बताए ।
उनले ‘साइनो’ मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली फिल्म भएको बताए । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, वसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार