शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनए एनसीसी कतारको महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल पनि आकांक्षी, गरिन यस्तो घोषणा (विज्ञप्तिसहित)

आइतबार, साउन १९ २०७६

एनआरएनए एनसीसी कतारको महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल पनि आकांक्षी, गरिन यस्तो घोषणा (विज्ञप्तिसहित)

काठमाडौं,१९ साउन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महिला उपाध्यक्ष पदको लागि सरिता भण्डारी पौडेलले उम्मेदवारी घोषणा गरेकी छन् । ‘एनआरएनए’ को २०१९–२०२१ कार्यकालको लागि पौडेलले घोषणा गरेकी हुन् ।
भण्डारीले आफ्नो उम्मेद्वारी घोषणासँगै सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी बनाउने घोषणा गरेकी छन् । यसैगरी श्रमिक महिलाहरुको सिप तथा तालिम, महिला हिंसा न्युनिकरण, महिला सशक्तिकरणका लागि नेपाली राजदूतावास र सामाजिक संघ संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता समेत जाहेर गरेकी छन् ।

श्रमिकहरुको हितको लागि श्रमिक कोषलाई प्रभावकारी बनाउने आफ्नो उदेश्य रहेको उनले बताएकी छन् । त्यसैगरी, श्रमिक वर्गको हितको लागि स्वास्थ्य सम्बन्धी तालिम तथा गोस्टीको आयोजना गर्दै सचेतना जगाउने उनको प्रतिवद्धता छ । सरिता भण्डारी कतारबाट समाजसेवामा सक्रिय महिला हुन् । उनी मितेरी समाज कतारको सल्लाहकार समेत हुन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशन आउँदो २३ अगष्ट २०१९ मा हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि निर्वाचन र ३० अगष्ट २०१९ का दिन महाधिवेशन हुनेछ ।

विज्ञप्ति

“गैरआवसिय नेपाली संघ कतारको महिला उपाध्यक्षमा मेरो उम्मेदवारी”

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका आदरणिय पंजिकृत सदस्य ज्यूहरु, यस अभियानका अग्रज अभियन्ता ज्यूहरु, कतारमा कार्यरत गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनिहरु, पत्रकार मित्रहरु, नमस्कार ।

NRNA NCC कतारको 2019-2021 कार्यकालमा आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता गर्दै महिला उपाध्यक्षमा रहेर सेवा गर्ने मौका दिनु हुन सम्पूर्ण NRNA NCC कतारको पंजिकृत सदस्य दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।

खुशीका साथ, सकरात्मक सोच का साथ बेबस्थापन एवं शुद्धिकरण प्रयास एवं प्रयत्न :-

1. सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी.
2. श्रमिकहरुको हितको लागि श्रमिक कोषलाई प्रभावकारी.
3. साझा संस्थाको रुपमा स्थापित गर्नको लागि नेपाली समुदायको बिशेष भुमिका कायम गरि समन्वय र सहकार्य गर्ने.
4. श्रमिक मैत्री बनाउने.
5. कार्यरत राष्ट्र को प्रचलित कानुन को परिधि भित्र रही. नेपाली राजदुतावास को प्रत्यक्ष निग्रानीमा पीडित / मजदुर वर्ग को उद्वार तथा बेवस्थापन
6. नेपाल सरकार को Visit Nepal 2020 लाई प्रचार प्रसार
7. नेपाल र कतार बिच को मैत्रिपूर्ण कुट्नितिक सम्बन्ध / आयामहरु को प्रबर्धन
8. श्रमिक महिला दिदिबैनी हरुको शिप तथा तालिम / महिला हिंसा न्युनिकरण / महिला सशक्तिकरणका लागि नेपाली राजदुतावास र सामाजिक संघ संस्थाहरु संग समन्वय र सहकार्य
9. श्रमिक वर्ग हरुको हित को निम्ती स्वास्थ्य सम्बन्धी तालिम तथा गोस्टी एवम सचेतना मुलक कार्यक्रम को आयोजना गरी सल्लाह र सहजिकरण को भूमिका निर्वाह गर्ने

Thank you,

SARITA BHANDARI PAUDEL
2019 -21 कार्यकालको लागि महिला उपाध्यक्षको आकांक्षि

प्रतिक्रिया
सम्बन्धित समाचार