शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएन युरोप क्षेत्रीय बैठक : नेपालमा लगानी गर्न कानुनमन्त्री ढकालको आह्वान

आइतबार, साउन १९ २०७६

रामजी बगाले
रोम (इटाली)–गैरआवासीय नेपाली संघ ( एनआरएन) युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोममा शनिबारदेखि सुरु भएको छ । स्थानीय इर्गिफ होटलमा सुरु कार्यक्रमको प्रमुख अतिथि एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पानसमा बत्ती बालेर उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै मन्त्री ढकालले एनआरएनएले गरिरहेका कामको खुलेर प्रशंसा गरे । ढकालले नेपालको विकासका लागि सरकार एनआरनएहरुसँग सहकार्य गरेर अघि बढने जनाउँदै एनआरएनएहरुलाई नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन आग्रह गरे । ‘सरकार सबैसँग सहकार्य गरेर नै अगाडि बढ्छ । यसमा एनआरएनएहरुलाई विशेष व्यवस्था नै गरेर सहकार्य भइरहेको र आगामी दिनमा पनि थप व्यवस्था हुन्छ । मन्त्री ढकालले भिजिट नेपाल २०२०लाई सफल पार्न एनआरएनएहरुले विशेष भूमिका खेल्नुपर्ने र बिदेशीहरुलाई नेपाल पठाएर सहयोग गर्नुपर्र्ने बताए ।
ढकालले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई मूर्तरुप दिन विदेशी लगानी अपरिहार्य रहेको बताए । स्वदेशी पुँजीले मात्रै देश विकास सम्भव नभएको भन्दै उनले लगानीका लागि विदेशी लगानीकर्ता र एनआरएनलाई आह्वान गरे । मन्त्री ढकालले नेपालको समृद्धि र विकासको अभियानमा सरकारले एनआरएनसँग सहकार्य गरेरअघि बढ्न चाहेको पनि बताए । ‘स्वदेशी पुँजीले मात्रै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न सकिँदैन’ ढकालले भने, ‘यसमा एनआरएनको भूमिका सहयोगी हुन्छ । लगानीमात्रै नभएर विदेशमा सिकेको सिप र ज्ञान पनि नेपालको विकासका लागि उपयोगी हुन्छ ।’ उनले नेपालमा विदेशी लगानी आवश्यक रहेको भन्दै त्यसमा सरकार र प्रमुख राजनीतिक एकमत रहेकाले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे ।
कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार लगायतका क्षेत्रमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको पनि उनले बताए । गतवर्ष सरकारबाट आयोजना गरिएको लगानी सम्मेलनमा १५ वटा परियोजनामा लगानी प्रतिबद्धता आएको जानकारी दिँदै उनले त्यसमा प्रगति भइरहेको पनि जानकारी दिए । उनले एनआरएनले खडा गरेको लगानी १० अर्बको लगानी कोषले नेपालमा लगानीका लागि वातावरण तयार गरेको समेत बताए । यस्तै उनले नेपाली नागरिकताको विषयमा एनआरएनको माग पूरा गर्न सरकार तयार रहेको पनि सम्बोधनका क्रममा बताए । उनल भने, ‘एकपटकको नेपाली सँधैको नेपाली, यसका लागि कानुन बनाउन पहल भइरहेको छ ।’ मन्त्री ढकालले एकपटकको नेपाली सधैंको नेपाली रहने बताउँदै एनआरएनएहरुलाई थप अधिभकार र सुविधाका लागि कानूनहरु बन्ने क्रममा रहेको पनि बताए । ‘सरकार यहाँहरुको लगानी सुरक्षा का लागि प्रतिबद्ध छ’, मन्त्री ढकालले भने ।
यस्तै काँग्रेस नेता डा शेखर कोइरालाले प्राप्त उपलब्धिको रक्षाका लागि गैरआवासीय नेपालीले पनि दवाव दिनु जरुरी रहेको बताए । उनले अब सरकारमा रहेकाहरु निःस्वार्थरुपमा आर्थिक र सामाजिक विकासमा होमिने बेला आएको पनि बताए । कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, पर्यटन सचिव मोहन कृष्ण सापकोटा,स्वीटरल्याण्डका लागि नेपाली राजदूत तीर्थराज घिमिरेलगायतले एनआरएनको महत्व र नेपालको विकासमा संघले खेल्नसक्ने भूमिकाका विषयमा चर्चा गरेका थिए । शुक्रबारदेखि सुरु भएको एनआरएन युरोप क्षेत्रीय बैठकको औपचारिक उद्घाटन इटालीको राजधानी रोममा शनिबार गरिएको हो । बैठकमा विश्वभरका एनआरएन नेताहरुको सहभागिता रहेको एनआरएन युरोपका अध्यक्ष शिव कुमार बरुवालले जानकारी दिए ।
स्थानीय इर्गिफ होटलमा भएको औपचारिक उद्घाटन प्रमुख अतिथि एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पानसमा बत्ती बालेर गरेका थिए । युरोप क्षेत्रीय अध्यक्ष बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा काँग्रेस नेता डा शेखर कोइराला, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, युरोपमा रहेका विभिन्न देशका राजदूतहरु जसमा अष्ट्रियाका लागि प्रकाश कुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा, डेनमार्कका लागि युवनाथ लम्साल, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रमेश प्रसाद खनाल, रसियाका लागि ऋषिराम घिमिरे, स्वीट्जरल्याण्डका लागि तीर्थराज घिमिरे, स्पेनका लागि हिराकान्त पौडेल, बेलायतस्थित नेपाली दूतावासका द्धितीय सचिव लव सुवेदी, प्रदेश नम्बर १ का बसन्त बानियाँको सहभागिता रहेको छ ।
यसैगरी एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, संरक्षक रामप्रताप थापा, भिजिट नेपाल २०२० का संयोजक सुरज बैद्य, होटल एसोशिसन अफ नेपाल हानका अध्यक्ष श्रृजना राणा, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सल्लाहकार हेमराज शर्मासहित एनआरएनका विभिन्न तह र तप्का नेताहरुका साथै सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । यसैगरी भेलामा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, प्रवक्ता भुषण घिमिरे आइसीसी सचिब डिबि क्षेत्रि एवं अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी छन् । यसका साथै यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय जना प्रतिनिधी सहभागी छन् ।
राष्ट्रिय गानबाट सुरु भएको औपचारिक कार्यक्रममा शुभकामना मन्तव्य एनआरएन इटालीका अध्यक्ष दीपेश कुमार रेग्मीले दिएका थिए । यस्तै युरोप क्षेत्रीय अध्यक्ष बरुवालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै एनआरएन नेता तथा अतिथिलाई धन्यवाद दिए । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवर्द्धन रहेको छ । यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ ।
यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ । यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ । यसअघि इटालीको रोममा भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन गरिएको थियो ।
‘यसपटक बैठकमार्फत हामीले तय गर्ने निर्णयहरुले समग्र संस्थालाई संस्थागत गर्न मात्रै नभई मुलुककै समृद्धिमा समेत योगदान दिन सफल हुने अपेक्षा हामीले राखेका छौँ । नेपालमा लगानी, पर्यटन, ज्ञान सीप र दक्षता भित्रयाउने सन्दर्भका विविध विषयमा हामी सबै मिलेर घनीभूत रुपमा छलफल गर्न गइरहेका छौं’, बरुवालले भने । यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ । यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ । यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ । बैठक आइतबार रोम घोषणापत्र जारी गर्दै सकिने अध्यक्ष बरुवालले जानकारी दिए ।
गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै नेपालमा लगानी भित्र्याउने र आफूले सिकेको ज्ञान सीप र क्षमताको सदुपयोगले मुलुकको समृद्धिमा हातेमालो गर्ने नीति लिँदै आएको छ । एनआरएनए स्थापनाकालदेखि नै नेपालमा लगानी भित्र्याउने र आफूले सिकेको ज्ञान सीप र क्षमताको सदुपयोगले मुलुकको समृद्धिमा हातेमालो गर्ने उद्देश्य लिएर अघि बढिरहेको छ । ‘सबै हात एकै साथ’ भन्ने भावनाका साथमा विश्वका ८१ राष्ट्रमा फैलिएको नेपाली डायस्पोराले मुलुकको समृद्धिको कामना मात्रै गरेको छैन, बरु आ–आफ्नो स्थानबाट यथाशक्य सहयोग र सहकार्य गर्न समेत तत्पर छ । नेपाल सरकारले लगानीका लागि निर्माण गरेको अनुकुल वातावरण र पर्यटन प्रवद्र्धनका लागि नेपाली समुदाय समेतलाई सुम्पिएको जिम्मेवारीलाई यस संघले गहन रुपमा लिएको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मुल नारालाई आत्मसात गर्दै नेपाल सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने संघको महत्वपूर्ण उद्देश्य पनि हो । यही लक्ष्यसहित भेला आयोजना गरिएको संयोजक बरुवालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार