मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

चुनाव मात्रै नलड्न लागेको हुँ, एनआरएनबाट रिटायर्ड भएको होइन

शनिबार, साउन १८ २०७६

भवन भट्ट
अध्यक्ष
गैरआवासीय नेपाली संघ (एनआरएनए)

एकाएक दोश्रो कार्यकालका लागि चुनाव नलड्ने घोषणा गर्नुभयो । अब यहाँको गन्तब्य कहाँ हुन्छ ?
म एनआरएनएको अभियानको शुरुवातदेखि नै संलग्न भएको तथा एनआरएनए स्थापना भएका सबै देश पुगेर सबै साथीहरुसंग परिचित भएको नाताले यही नै हुन्छु । एनआरएनए समुदाय मेरो घर परिवार नै जस्तो लाग्छ मलाई । किनकि म नै म नै यस्तो व्यक्ति हुँला जो एनसीसीको शुरुवाती सदस्यदेखि अध्यक्ष हुदै केन्द्रको कोषाध्यक्ष हुदै दोश्रो कार्यकालको उपाध्यक्ष भएर हाल अध्यक्ष भएको हुँ । त्यसैले मेरो जीवन एनआरएन कै हितका लागि हुनेछ ।

एकाएक दोश्रो कार्यकालका लागि चुनाव नलड्ने घोषणा चाहिं किन गर्नुभयो ?
मुख्य कुरा त म अहिले नेतृत्वमा रहेको छु । यहाँ रहेर मैले एनआरएनएका लागि के कति काम गरे भन्ने कुरा सबै एनआरएनए साथीहरु मूल्यांकन गरिरहनुभएको छ । अहिले नेतृत्वका लागि चर्चा भइरहँदा मलाई विश्वभरका साथीहरुले आगामी नेतृत्वका लागि तपाई फेरि आउनुपर्छ भन्ने सुझाव र सल्लाह दिनुभएको थियो । मैले थप एक कार्यकाल नेतृत्व लिएर एनआरएनलाई अघि बढाउनुपर्छ भन्नेमा अग्रजहरुले पनि सल्लाह दिइरहनुभएको थियो । यो कार्यकालमा शुरु भएका कतिपय कामहरुलाई मेरै नेतृत्वमा पूरा गर्नुपर्छ भन्ने मत पनि रहेको छ । यस्तोेमा साथीहरुले म पुनः नेतृत्वमा आउनुपर्छ भनेर एउटा माहौल नै बनाइरहनुभएको थियो । सबैले मेरो नेतृत्व फेरि चाहियो भन्नुभयो भने म तयार हुनेछु पनि भनेको थियो । मेरो नेतृत्वले एनआरएनलाई थप बलियो, मजबुत र एक बनाउँछ भन्नेमा सबै साथीहरु एकमत पनि हुनुहुन्थ्यो । तर, अन्य साथीहरुको नेतृत्व चाहनालाई सम्मान गर्दै मैले आगामी कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेको हुँ । धेरै एनआरएनका शुभचिन्तकहरुले आफूलाई दोस्रो कार्यकालका लागि पनि तयारी गर्न सुझाव दिँदादिँदै पनि आफूले चुनाव नलड्ने निर्णय गरेको हुँ । मैले गरेको गरेको यो निर्णयलाई साथीहरुले स्वीकार गर्नुहुन्छ भन्ने ठानेको छु । मैले स्वतस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको हुँ । पावर र लोभी संस्कारलाई सबैले चिर्नु जरुरी रहेको थिया र मैले त्यसको थालनी गरेको हुँ । के अध्यक्षमात्रै टप लिडरसिप हो र ? यहाँ कैयन भवनहरुले अवसर पाउनु पर्छ । परिवार, लोभ, मोहबाट माथि उठ्न हामीले सिक्नुपर्छ । मैले त्यो अन्त्य गरेको छु । धेरै साथीहरुले निरन्तरतामा जोड दिँदादिँदै मैले यो एउटा उदाहरण पेश गरेको छु ।

अब एनआरएनमा यहाँको सक्रियतामा त कमी आउँदैन् नि ?
म एनआरएनबाट रिटायर्ड भएको नभई चालक बस्ने सिटबाट पछाडि मात्रै हटेको हुँ । यो मैले मेरो घोषणामा पनि भनेको छु । म चुनाव मात्रै नलड्न लागेको हुँ, एनआरएनबाट रिटायर्ड भएको होइन । बरु झन् सक्रिय भएर लाग्नेछु । म चालकको सिटबाट पछाडि सरेको मात्रै हो । बसबाट निस्केको छैन । नेतृत्वमा नरहेपनि एनआरएनसँग सम्बन्धित मामलामा सँधै सँगै रहने छु । एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो । एनआएनए मेरो रगत–रगतमा छ, जीवनपर्यन्त रहन्छ । एनआरएनमा रहँदा मैले सबै पक्षको माया पाएको छु, म भाग्यमानी छु । मैले एनआरएनमा कमाएको पनि यही माया हो । मेरो शुभेच्छुक र समर्थकको मायालाई म सम्मान गर्छु । एनआरएनमा बलियो नेतृत्वको खाँचो रहेको छ । तर, म एनआरएनलाई कसैले बिगार्न खोजे आफू चुप लागेर बस्ने छैन ।

एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ अहिले?
हामी हाम्रा सबै महत्वपूर्ण योजनाहरु सकाउने चरणमा छै्रां । एनआरएनएको सपना हेडक्वार्टर, शंखमूल पार्क, तथा लाप्राका नमूना बस्ति सबै सफलता पूर्वका सम्पन्न गरेर हामी अब नयाँ चरण मा प्रबेश गर्ने तयारीमा छौं । लाप्राक अहिले लगभग काम सकिएको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ । हामीले बिज्ञ सम्मेलनमार्फत एनआरएनएको ज्ञान तथा अनुभव बाँड्ने परम्परा सुरु गरेका छौं । यसबाट एाआरएनए र सरकार नेपालको विकासमा संगै हातेमालो गरेर अगाडि बढ्दै छ भन्ने सन्देश पनि दिएका छौं । साथै, नेपाल सरकार तथा जनतालाई आवश्यक परेको कुनै पनि बेला विभिन्न प्रकारले नेपाल बाहिरका नेपालीले सहयोग गर्न तयार छन् भन्ने सन्देश पनि दिन सफल भएका छौं ।

यहाँले आफ्नो कार्यकालमा उल्लेखनिय कामहरु के–के गर्नुभयो ?
लाप्राक नमूना बस्ति काम सकेर हस्तान्तरण हुदैछ । शखमूल पार्क हस्तान्तरण भैसक्यो । त्यस्तै, एनआरएनएको आफनै भवन पनि सरिएको छ । हालै लगानी सम्मेलनमा हामीले १० अर्बको कोषको सम्झौता गरिसकेका छौं । विज्ञ सम्मेलनमा गर्ने परम्परा सुरु गरेका छौं । साथै, यसपटकदेखि राष्ट्रिय खेलकूदमा एनआरएनएको टोलीले पनि भाग लिन थालेको छ । यी केहि महत्वपूर्ण काम भए त्यसबाहेक पनि थुप्रै कामहरु भएका छन् ।

एनआरएनको ड्रिम प्रोजेक्ट लाप्राक प्रोजेक्टको कार्य प्रगति के कस्तो भइरहेको छ ?
अहिले लगभग लगभग काम सकिसकेको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ । हाम्रो लक्ष्य चाँडै नै सम्पुर्ण लाभग्रहीहरुलाई घर हस्तान्तरण गर्नेछ । तर त्यहाँ मौसम अनि एकदम विकटता जस्ता कारणले यो संभव भएन । जस्तै काठमाडौमा ८०० को सिमेन्ट त्यहाँ पुग्दा १६०० देखि २०००सम्म पुग्छ । काठमाण्डौमा एक ट्रयाक्टर बालुवा ४००० मा पाइन्छ भने त्यहाँ १०,००० देखि १२,००० पर्छ, सुन भन्दा महङ्गो छ । त्यस्तै काम गर्ने मान्छे पाउन पनि मुश्किल । तर, हामीलाई नेपाली सेनाहरुले सघाएका छन् र अरु भोलियेन्टरहरुले पनि सघाए । जसका कारणले गर्दा खेरी हामी चाँडै नै लाभग्राहीहरुलाई घर हस्तान्तरण गर्ने प्रयासमा छौं ।

एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने भनिएको छ नि त्यो नारामा मात्रै सिमित हो कि ?
धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, ५ वर्ष अघि नेपाल आर्थिक पत्रकार समाजले ९ जिल्लामा गरेको अध्यायनले करिब ३० अर्बको लगानी देखाएको थियो । हाद नयाँ अध्यायन हुदै छ । तर पनि सर्सती तथ्यांक हेर्दा करिब ३२ अर्ब त सम्झौता भएका जलविद्युतमा नै आउने देखिन्छ । त्यसमध्येपनि १२ अर्ब त लगानी नै भइसक्यो । त्यस्तै, होटेलमा करिब २२ अर्ब लगानी भइरहेको छ । यस्तै क्षेत्रगतरुपमा हेर्दा कुल अर्थतन्त्रको ५ प्रतिशतको हाराहारीमा अर्थात १ खर्ब बढि एनआरएनको नेपालमा लगानी देखिन्छ । साथै, विदेशमा सिकेका सीप लिएर धेरै साथीहरु नेपालमा हाल आफनै ब्यवासाय गरिरहन्ु भएको छ । यस्तै, एनआरएनको विद्धतालाई सकरारले कदर गरेर १५ औं योजनाको आधारपत्रमा पनि छलफल गरेको थियो । त्यसमा हाम्रा साथीहरुले सुझाव दिनु भएको छ ।

एनआरएनले यसअघि नै नेपालमा १० अर्ब लगानी भित्र्याउने घोषणा गरेको छ, त्यो लगानी नेपालमा कसरी भित्र्याउने भनिएको हो ?
हालै लगानी सम्मेलनमा हामीले १० अर्बको कोषको सम्झौता गरिसकेका छौं । यसलाई सामुहिक लगानी संयन्त्र बनाउने सोच हो । यस होल्डिङ कम्पनी मार्फत ब्यवसायिक समुहले लगानी गर्नेछन् । जसमा सबै चाहना भएका एनआरएनले १००० देखि १००,००० सम्म प्रति महिना लगानी गर्नसक्ने छन् । यसले सबैमा सामुहिक लगानीको भावना पनि बढ्छ तथा सबैको ओनरसिप पनि हुन्छ । त्यसको मोडालिटिमा काम भइरहेको छ । छिट्टै हामी त्यसलाई फाइनल टच दिएर बाहिर ल्याउँछौं ।

एनआरएनले नेपालमा अक्टोवरमा विज्ञ सम्मेलन सम्पन्न गर्यो यस्ले प्रवासमा बस्ने नेपालीलाई के फाईदा पुर्यायो त ?
एनआरएनका साथीहरु जुन जुन देशमा हुनुहुन्छ, त्याहाँ आफनो योग्यता तथा दक्षताको आधारमा अनुभवको आधारमा धेरै कुरा नेपालमा सेयर गर्न सक्नु हून्छ । त्यसैले हामीले अक्टोबरमा गरेको सम्मेलनामा साथीहरुले आफनो सिप तथा ज्ञान अनुभव हस्तान्तरण गर्नुभयो । त्यसको लेखोटमा उतारेर हामीले सरकारलाई पनि बुझाएका छौं । यसरी नेपाल बहिरका मुलकसंग कसरी सहयोग बढाउने तथा लगानी बढाउने भन्ने काम एनआरएनका साथीहरुले सरकारसंग मिलेर गर्दा नेपालको विकास तथा प्रगतिमा हातेमालो गर्न पाउँदा हामीलायृ गर्व हुन्छ । किनकि हामी जहाँ बसे पनि आखिर नेवाली नै हो र नेपालको विकास हुँदा नेपाल समृद्ध हुँदा हाम्रो पनि सम्मान बढ्छ । विदेसिले हामीलाई हेर्ने नजर नै फरक हुन्छ ।

बाह्रौं यूरोप क्षेत्रीय भेला आयोजना हुँदैछ । यसलाई कसरी हेर्नुभएको छ ?
पक्क्ै पनि यो बैठक निकै महत्वपूर्ण छ । बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ । यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिने भएकाले यो बैठकको थप महत्व हुनेछ । बैठकमार्फत गरिने निर्णयहरुले समग्र संस्थालाई संस्थागत गर्न मात्रै नभई मुलुककै समृद्धिमा समेत योगदान दिन सफल हुने अपेक्षा लिइएको छ । नेपालमा लगानी, पर्यटन, ज्ञान सीप र दक्षता भित्र्याउने सन्दर्भमा पनि बैठकमा घनीभूत रुपमा छलफल हुने बताइएको छ । बैठकअघि अगष्ट २ मा इटालीका एक सय भन्दा बढी व्यापार एवं पर्यटन व्यवसायी, स्थानीय नगरपालिकाका बिशिस्ट ब्यक्तित्व नेपाल सरकारका मन्त्री, नेपाल पर्यटन वर्षका २०२० का कार्यक्रम संयोजक, नेपाल पर्यटन बोर्ड का प्रतिनिधि गैरआवासीय नेपाली संघका पदाधिकारी लगायतको उपस्थितिमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने कार्यक्रम रहेको छ । इटालीको रोममै संघको १० औं महिला भेलासमेत आयोजना गरिने छ । युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता छन् । गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै नेपालमा लगानी भित्र्याउने र आफूले सिकेको ज्ञान सीप र क्षमताको सदुपयोगले मुलुकको समृद्धिमा हातेमालो गर्ने नीति लिँदै आएको छ । यसमा यो बैठक सफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार