शुक्रबार, साउन १७ २०७६
गौरीराज जोशी
संयोजक, एनआरएनए अमेरिका
एनआरएनए आइसिसी सचिवका दाबेदार
अहिले एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ, यहाँ अहिलेको अभियान प्रति सन्तुष्ट हुनुहुन्छ ?
एनआरएनए अभियानले अहिले आफ्नो सन्जाल करिब ८० देशमा फैलाएको छ । यस हिसाबले एनआरएनएले सकारात्मक गतितर्फ अभियानको विस्तार भएको मान्नुपर्दछ । हामी मानजाती हौं त्यस कारण मानबजाती कहिले पनि सन्तोष हुँदैन । यस अर्थमा एनआरएनएले र यस मार्फत थुप्रै कामहरु हुँदाहुँदै पनि एकत्रित र सामुहिक नेतृत्वमार्फत अझै धेरै काम समृद्ध नेपाल बनाउने र गैर आवासीय नेपालीहरुको हितमा गर्न सकिन्छ भन्ने मेरो बुझाई हो । यस अर्थमा सामुहिक हितको निम्ती लाग्ने एनआरएनए एउटा एक दमै राम्रो प्ल्याटफर्म पनि हो ।
यहाँले अमेरिका संयोजकको रुपमा एक कार्यकाल बिताउनु भयो, अमेरिकामा रहेका गैरआवासीय नेपालीको हकहितमा के कस्ता कामहरु गर्नु भयो ?
मेरो कार्यकालमा नै एनआरएनएको पहिलो ] skill knowledge & innovation सम्बन्धी पहिलो knowledge अमेरिका सम्पन्न भयो । यस सम्मेलनमा विश्वभरीका १०० भन्दा बढी विषय बिज्ञहरुले सम्बन्धति विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । मुलुकको सम्रिद्धीमा knowledge एउटा महत्वपूर्ण पुंजी हो र यसको समयानुकुल् हस्तान्तरण एउटा महत्वपूर्ण कोसेढुङो हुने कुरा यस सम्मेलनको निचोड रहेको थियो । त्यस बाहेक मेरो कार्यकालमा संघको विभिन्न मेगा प्रोजेक्टमा जस्तै सिन्धुली गढी पुनः निर्माणको प्रोजेक्ट, शंखमुल पार्क, रक्त संचार प्रबिधी, र MIS System मा उलेख्य कामहरु भएका छन् ।
यहाँले इटालीको रोममा हुन गईरहेको १२ औं युरोप सम्मेलनलाई कसरी नियाल्नु भएको छ ?
एनआरएनएको १२ औं युरोप सम्मेलनमा यूरोप सम्मेलनबाट मुलुकको समृद्धिकोलागि पर्यटन र लगानी सम्बन्धी विशेष छलफल गरेर हरेक गैर आवासीय नेपालीको अपनत्व हुनेगरी लगानीका योजना ल्याउने कुरामा म आशावादी छु । यस कारण म युरोप सम्मेलनबाट नेपाल र नेपालीहरुलाई धेरै सहयोग पुग्छ र एक अर्कामा ज्ञान, सीप, अनुभव र दक्षताका पनि आदान प्रदान हुनेछ साथै विभिन्न मुलुकमा रहेका नपालीहरु भेट हुने र आत्मीयता बढ्नेछ ।
यहाँ अमेरिकी क्षेत्रको संयोजक हुनुहुन्छ, अमेरिकामा नेपालीहरुको सम्भाबना र चुनौतीहरु के–के छन जस्तो लाग्छ ?
अमेरिकी भुमीमा अहिले करिब चारलाख गैर अवासिय नेपालीहरु बसोबास गर्नु हुन्छ । नेपालमा सबै भन्दाबढी रेमिटयान्स पठाउने मुलुक पनि अमेरिका नै हो । अमेरिकामा थुप्रै ईन्जिनियर, डाक्टर, प्रोफेसर, बैज्ञानिक तथा दक्षता भएका व्यक्तित्वहरु हुनुहुन्छ्र वहाँहरु सबै हाम्रा सुनौला सम्भाबनाहरु हुनुहुन्छ । वहाँहरुको सीप र दक्षतालाई मुलुकको विकास सम्भाबनाको लागि कसरी पहल गर्ने र हस्तान्तरण गर्ने भन्ने कुरा एउटा चुनौती हो । उल्लेखित पेशा व्यवसायमा रहेका व्यक्तिहरुलाई देशको हितमा सदुउयोग गर्ने जिम्मेवारी एनआरएनए र नेपाल सरकारको हो ।
तपाईको अनुभवमा अमेरिकी क्षेत्रका नेपालीहरुको के कस्ता समस्याहरु छन र समाधानको लागि के–के गर्नु भयो तपाँईले आफ्नो कार्यकालमा ?
ठुलो संख्यामा नेपालीहरु हुँदा हुँदै पनि भाषा र प्राविधिक दक्षताको अभाबले सम्भाबनाहरु हुँदा हुँदै पनि र्र्आिथक हिसावले फड्को मार्न समय लागेको छ । यसतर्फ संघले कमिटी निर्माण गरि तिब्र रूपमा काम गर्नु पर्ने देखिन्छ र यस्त तर्फ काम भैरहेको जानकारी गराउन चाहन्छु ।
अझै पनि एनआरएनएलाई धनीहरुको संस्था भन्ने आरोप लगाउने गरिएको छ, यहाँलाई के लाग्छ ?
तपाईंको यो भनाईमा म सहमत छु । त्यसैले हामीले मुलुकको समृद्धीमा पैसावालाको मात्रै होइन सबैको योगदान महत्वपूर्ण हुन्छ भनेर नै ज्ञान र दक्षताको हस्तान्तरण सम्बन्धी सम्मेलन नै ग¥यौं ।
अमेरिकी क्षेत्रमा बस्ने नेपालीलाई केन्द्रित गरेर एनआरएनएले कस्ता कामहरु गरिरहेको छ ?
संस्थागत विकास गरिरहँदा गैर आवासीय नेपाली संघले अकश्मिक कोष, युवा सम्बन्धी कार्यक्रमहरु, खेल्कुद सम्बन्धी कार्यक्रम र केही सामुहिक लगानी सम्बन्धी योजनाहरुका साथै परोपकार सम्बन्धी कार्यक्रमहरु गरिरहेको अवगत गराउन चाहन्छु ।

एनआरएनएका अहिलेका मुद्दाहरु के के छन ?
संघको अहिलेको मुद्दा भनेकै dual citizenship, dual tax treaty, repartition र लगानी मैत्री बातावरण बनाउन पहल गर्ने हो । यी विषयहरुलाई समयमा नै सम्बोधन गरियो भने सबै एनआरएनएहरुलाई सहयोग पुग्नेछ ।
एनआरएनको ड्रिम प्रोजेक्टहरु के के हुनुपर्छ जस्तो लाग्छ यहाँलाई ?
एनआरएनए ले प्रोजेक्टहरुमा भन्दा पनि निति निमांण तहमा काम गर्नुपर्छ जस्तो लाग्छ मलाई । गैर आवासीय नेपाली संघले सम्बन्धित देशको एनसिसीहरुसँग मिलेर मानब बिकास र दक्षता अभिबृद्धी सम्बन्धी काम गरियो भने मुलुक भित्रने remittance मा उलेख्यय बृदि हुने थियो ।
एनआरएनको ‘लगानीसँगै सीप र प्रविधि भित्र्याउने’ अभियान नारामा मात्र सिमीत छ कि व्यवहारमा पनि ?
लगानीसँगै सीप र प्रविधि भित्र्याउने अभियानमा गैर आवासीय नेपाली संघले निति निर्माण तहमा काम गरिरहेको छ । हामीले उत्घोष गरेका विषयहरु कुनै पनि हालतमा नारामा मात्र सिमित हुन दिईने छैन । यो सबै विषयहरु व्यवहारिक रुपमा नै सबैले अनुभव गर्न सक्ने गरि परिणाममुखी बनाउने काममा लागि परेका छौं ।
यहाँ अहिले एनआरएनए अमेरिकी क्षेत्र संयोजकमा रहेर एक कार्यकाल काम गर्नु भयो, आगामी अक्टोवरमा हुने विश्व सम्मेलनमा सचिवमा उम्मेदवारी घोषणा गर्नु भएको छ ? के छ यहाँको घोषणापत्रमा ?
मेरो जम्मा दुइवटा उद्देश्य्हरु छन. पहिलो त भिजन २०२० को कार्यन्वयन गरेर गैर आवासीय नेपाली संघको सचिवालयलाई परिणाम मुखि बनाउने नै हो । मैले संघको सचिवलयसँग नजिकबाट काम गर्ने मौका पाएको छु, मलाई यसको सम्भावना र चुनौतीहरु राम्रोसँग बुझेको छु । दोस्रो कुरा मलाई परोपकारी कार्यक्रमहरुमा सानै देखी अभिरुची छ । गैर आवासीय नेपाली संघ मार्फत अझ बढी कृयाशिल रहेर संघको charity सम्बन्धी अभियान र कार्यक्रमलाई effective बनाउने मेरो योजना छ ।
तपाईले एनआरएनएको सचिवमा नै उम्मेदवारी किन दिनुभयो ?
माथि नै भनिसकें मलाई गैर आवासीय नेपाली संघको सचिवालयको राम्रो जानकारी छ. भिजन २०२० कार्यन्बयन गरी संघको सचिवालयको सम्भावनालाई चुस्त दुरुस्त राख्नको लागि मेरो उम्मेद्वारी हो । सामाजीक काम गर्ने जाँगर अझै बाँकी छ, मेरो व्यवसायिक जीवनबाट बचेको समय समाज सेवामा लगाउन पनि मेरो उम्मेदवारी हो ।
यहाँले आफ्नो चुनावी घोषणापत्रमा के के विषयलाई प्राथमिकता दिंदै हुनुहुन्छ ?
संघको सचिवालयको बैज्ञानिक ब्यवस्थापन, परोपकारी कार्यक्रमहरु, Migrant हरुको skill development, र मिडल इष्टका गैर आवसिय नेपालीहरुकोलागि सामाजिक सुरक्षा कोष मेरो प्रथमिकताका क्षेत्रहरु हुने छन् ।
अन्तमा, बार्हौ युरोप सम्मेलनका बारेमा केहि बताई दिनोस न ?
पर्यटन र लगानीलाई पहिलो प्राथमिकतामा राखेर यो युरोप भेलाको आयोजना गरिएको छ । आगामी ग्लोवल कन्फेरेन्स पुर्वको यो अन्तिम क्षत्रीय मिटिङ पनि हो । यतिबेला संघको नयाँ नेतृत्वको संघारमा पनि छ । मलाई आशा छ यूरोपको यस भेलाले संघको दिगो विकासको लागि महत्वपूर्ण निर्णयहरु गर्ने छ ।

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij