काठमाडौं, १६ साउन । गैरआवासीय नेपाली संघ बेल्जियमको आसन्न अधिवेशन १८ अगस्टमा सम्पन्न गर्न निर्वाचन समितिलाई पूर्णता दिएको छ । गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाले विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् । ‘गैरआवासीय नेपाली संघ बेल्जियमको आसन्न अधिवेशन १८ अगस्ट सम्पन्न गर्नका लागि गैरआयसिय नेपाली संघ बेल्जियमको तर्फबाट निर्वाचन समितिका संयोजक तथा एनसिसी बेल्जियमका निवर्तमान अध्यक्ष गंगधर गौतम बाट निर्वाचन समितिलाई पुर्नता दिएको सबैमा सहर्ष जानकारी गराउँदछौंं । साथै सर्वसहमतिको लागी अधिकतम भूमिका निर्वाह गर्दै निशपक्ष निर्वाचनको लागी ज़िम्मेवारीपूर्ण ढंगबाट आम बेल्जियवासी नेपालीको मन जित्ने छ भन्ने आशाबीदी छौं’, विज्ञप्तिमा छ ।
विज्ञप्ति :
गैरआवासीय नेपाली संघ बेल्जियमको आसन्न अधिवेशन १८ अगस्ट सम्पन्न गर्नका लागि गैरअायसिय नेपाली संघ बेल्जियमको तर्फबाट निर्वाचन समितिका संयोजक तथा NRN बेल्जियमका निवर्तमान अध्यक्ष गंगधर गौतम बाट निर्वाचन समितिलाई पुर्नता दिएको सबैमा सहर्ष जानकारी गराउदाछौ!
साथै सर्व सहमति को लागी अधिकतम भुमीका निर्वाह गर्दै निस्पक्ष्य निर्वाचनको लागी ज़िम्मेवारी पूर्ण ढंग बाट आम बेल्जियवासी नेपालीको मन जित्ने छ भन्ने आशाबीदी छौ !!
लोक दाहाल
अधक्ष्य
गैर आवासिय नेपाली संघ बेल्जियम
