काठमाडौं । नेपाल भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बिहिबार भएको अन्तिम लिग खेलमा भुटानलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन प्रदिप लम्सालले दुई गोल गरे ।यस्तै अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।