आलोक यादव
लहान, भदौ १२–ठुला होटल,वार, रेष्टुँरामा दलित गरिबको पहुँच हुँदैन, त्यहाँ व्यापक यौन व्यापार चलेको छ । महिलाहरुले यौन व्यावसायमा लागेन भने पुरुषहरु समाजमा विकृति फैलाउँने गर्छन् । तर, होटलबाट महिलाहरु नै लखेट्न पुग्छ । यसमा पनि महिला पीडित बनेको मुक्ति नेपालकी सँगम विकले बताइन् । उनले आफ्नो क्षमता अनुसारको रोजगारी पाइदैन तबसम्म समाजमा अपराध भइरहन्छ । त्यसको जिम्मेवारी राज्य हुनुपर्छ बताइन् ।लहान नगरपालिकाको दलित सिमान्तकृत तथा महिलाहरुमा मानव बेचविखन र ठगीका सवाल विषयक सरोकारवालाहरुसँग अन्तरक्रियामा लहान उद्योग वाणिज्य सँघका अध्यक्ष अशोक अमात्यले यहाँ विवाह गरेर १५—२० दिनमा श्रीमान् विदेश जाँदा श्रीमतीमाथी विभिन्न आरोप लाग्ने गरेको छ । समाजमा विकृति बढ्ने कुरा उठ्छ । तर, प्रत्येकमाथी शँका दृष्टिले हेर्नु हुँदैन । शहरको रुपमा विकसित भइरहेकोले होटलवालाले यौनकर्मी ल्याइदिनु हुँदैन । आपसी मिलोमतोमा आएको पहिचान पनि हुँदैन । त्यसैले प्रहरीले इन्क्यारी गर्नु त्यति उचित होइन उनले बताए ।होटल व्यावसायी सँघ सिराहा लहानका अध्यक्ष सँजय साहले ‘सेक्सलाई मार्केटिँग गरौ ।’ ‘यो विकृति होइन् ।’ ‘यसलाई व्यवसायकरण गरौं ।’ ‘सुरक्षित ठाउँमा यस्ता क्रियाकलाप गर्न दिएन भने समाजमा विकृति बढ्ने छ ।’ ‘जहिले पनि प्रहरीले होटलवाला माथी आरोप लगाउँने गरेको छ यस्तै हो भने व्यवसाय नै बन्द गर्नुपर्ने उनले बताए ।महिला अधिकारकर्मी श्मामकुमारी साहले ‘होटलमा छापा मारेर मालिक र यौनकर्मीलाई थुनामा ल्याउँछन् । मालिकलाई छाड्ने तर यौनकर्मी महिलालाई सार्वजनिक मुद्दा लगाउँने गरेको छ ।’ ‘होटलवालाले यौनकर्मीलाई उचित पारिश्रमिक दिँदैन , त्यसैमा महिलाहरु पीडित छन् अधिकारकर्मी साहले सिरहामा डिभोर्सको मुद्दा बढीरहेको समेत वताइन । बैदेशिक रोजगारमा गएका श्रीमानले श्रीमती माथी विभिन्न प्रश्न उठाउँने गरेको छ । यसले परिवार विखण्डन भइरहेको बताइन् ।त्यस्तै ब्लु डाइमन्डकी शिवानीले तेस्रो लिँगीलाई ठूलो समस्या रहेका वताइन। पशुपँक्षीहरुलाई जसरी सहवासको आवश्यकता छ । त्यसैगरी मानव रुपी तेस्रो लिँगीको लागि पनि उतिकै जरुरी छ । तर, समाजमा तेस्रो लिँगीलाई विभेद गर्दै आएकोले प्राकृतिक अधिकारवाट समेत बंचित हुँदैआएको उनले बताइन । सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले चेलीबेटी बेचविखनको मुख्य केन्द्र होटल रहेको वताए ।विभिन्न किसिमको प्रलोभन दिएर यस्तो क्रियाकलाप हुने गरेको र यौन व्यवसायी हुने होटलमा बोर्ड नलगाइ व्यवसाय गर्ने गरेका वताए र त्यस्ता किसिमका क्रियाकलाप न्यूनिकरण गर्नको लागि चेतनामुलक कार्यक्रममा जोड दिँदै आएको बताए । लहान नगरपालिकाका प्रमुख मुनी साहका सभाध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी सिरहाका सिडियो गोपालप्रसाद अधिकारी रहेका थिए ।