बेलायतको संसद् निलम्वित

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका छन् । निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उहाँले महारानी एलिजावेथसमक्ष पेश गरेको अधिकारीले जनाएका छन् । बेलायतमा प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ । निलम्बनले आगामी अक्टोबर ३१ तारिखबिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानून पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ ।
“यो निलम्वन हामीले अक्टोबर १४ सम्मका लागि कायम गर्न लागेका छौँ”, जोहनसनले पत्रकारसँग भने । उनँले ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी पनि गरे । निलम्वनका कारण प्रधानमन्त्री जोनसनको सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न संसद्मा हुने महारानीको सम्बोधनलाई भने असर नपर्ने जनाइएको छ । निलम्बनको प्रस्ताव विवादमा परेको छ । कतिपय सांसदहरुले यसको विपक्षमा आवाज उठाएका छन् । सामान्यतया संसद्को नयाँ सत्र शुरु हुनुअघि केही समयका लागि मात्र संसद् स्थगन हुने गरेकामा यसपटक फरक अवस्थामा संसद् निलम्वन गरिएको हो ।