बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सोतोकान कराते डो एसोसियनका खेलाडीले कम्बोडियामा जिते स्वर्ण, रजत र काँस्य पदक, बिजेतालाई प्रो.डा. रमजान बाबुले नगदसहित सम्मान गर्ने (फोटोफिचर)

बुधबार, भाद्र ११ २०७६

काठमाडौं (जस)–सोतोकान कराते डो एसोसिएसन नेपालका खेलाडीले कम्बोडियामा स्वर्ण, रजत काँस्य पदक जितेका छन् । यही अगष्ट २३ देखि २७ सम्म कम्बोडियाको रोयल युनिभर्सिटी नोम्पेन्हमा भएको दोश्रो कामित्सुमा वकावकाई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगितामा एसोसियनका खेलाडीले पहिलो र तेस्रो स्थानमा रहँदै स्वर्ण र काँस्य पदक जितेका हुन् । प्रतियोगितामा एसोसियनका तर्फबाट प्रतिनिधित्व गरेका खेलडी नवराज श्रेष्ठले पहिलो हुँदै स्वर्ण पदक जितेका थिए उनले नै टिम कुमतेमा तेश्रो हुँदै काँस्य पदक प्राप्त गरेका थिए ।

यस्तै दिनेश तामाङ्गले कुमतेमा दोस्रो र टिम कुमतेमा तेस्रो हुँदै रजत र काँस्य पदक जितेका थिए । कम्बोडियामा भएको यो प्रतियोगितामा ७ सदस्यीय टिम २३ अगस्टमा त्यसतर्फ गएको थियोे । टिमको प्रतिनिधि मण्डलको प्रतिनिधित्व सोतोकान कराते डोका राष्ट्रिय अध्यक्ष नारायण खडकाले नेतृत्व गरेका थिए भने टिमको म्यानेजरमा अनित न्यौपाने सहभागी थिए । यस्तै रेफ्री राम कुमार थारु पनि नेपालबाट सहभागी रहेका थिए । प्रतियोगितामा पदक जित्ने बिजेता खेलाडीहरुलाई एसोसियसनका वरिष्ठ उपाध्यक्ष प्रोफेसर डा. रमजान  बाबुले एक भव्य कार्यक्रम आयोजना गरि नद तथा सम्मानप्रदान गरिने बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार