सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सिराहामा एसपी चतुर्बेदि र कंडेलको आगमन पछी तस्करहरु अन्य नाका पलायन

बुधबार, भाद्र ११ २०७६

आलोक यादव सिराहा – सिराहाका प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदी र सशस्त्र प्रहरी ७ नम्बर गण सिराहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक प्रबिन कंडेल आउना साथ सिराहाबाट तस्करी पुर्ण रुपमा बन्द हुनुका साथै तस्करहरु यहाँबाट पलायन भएका छन । सिरहाका नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख एसपी चतुर्बेदी र कंडेलको सिराहामा आगमन पछी तस्करहरु सिराहाका नाका छाडेर भागेका छन । करिव एक महिना पहिला सिराहा प्रहरीका प्रमुखमा सरुवा भएर आएका प्रहरी उपरिक्षक चतुर्बेदी र सशस्त्र प्रहरीको ७ नम्बर गण सिराहामा श्रावण १५ गते सरुवा भएर आएका सशस्त्र प्रहरी उपरिक्षक कंडेल आउन साथ सिराहाका तस्कर नाका छाडेर अन्य नाका भागेकाछन । सिराहा जिल्लामा एसपी चतुर्बेदी र कंडेल आउनु भन्दा पहिला तस्करहरुले प्रहरीहरुलाई आर्थिक प्रलोभनमा पारेर तस्करीको लाईन संचालन गरेपनी अहिले नेपाल प्रहरीका एसपी तथा सशस्त्र प्रहरीका एसपी कंडेलले तस्करीमा कडाई गरेपछी तस्कर सिराहाका नाका छाडेर अन्य नाका जान बाध्य भएका छन । सिराहामा तस्करहरुले तस्करीको लाईन नपाएकाहरु पानी बिनाको माछा जस्तो भएकाछन भने केही तस्करहरु सिराहा जिल्लाको विभिन्न नाका छाडेर अन्यत्र भागेको ठाडि नाकाका स्थानीय रामकुमार यादव , सन्तोष साह त्यसै गरि अर्को झाझपटि नाकाका स्थानीय मनोज यादव , अनिल यादव , मनिस साह त्यसै गरि बरियारपट्टी नाकाका स्थानीय सुर्जा यादव , मुकेश साह र माडर नाकाका स्थानीय सुरेश यादव , दर्बिन गौइत बताउँछन् । सिराहा प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदी भन्छन आफ्नो पहिलो काम र कर्तब्य भनेको सिराहा जिल्लामा शान्ती सुरक्षा कायम गर्ने हो र त्यस पछी अबैध लागु औषध ओसार पसार र हात हतियार ओसार पसार तथा तस्कर नियन्त्रण गर्ने ।
त्यसैगरी सशस्त्र प्रहरी ७ नम्बर गण सिराहाका सशस्त्र प्रहरी प्रमुख एसपी प्रबिन कंडेलले आफनो जिम्मेवारी राजश्व चुहावट नियन्त्रण गर्ने र लागु औषध तथा हात हतियार ओसार पसार नियन्त्रण गर्ने तथा नेपाल प्रहरीलाई थप बलको रुपमा सहयोग गर्ने र संगठनले दिएको निर्देशन पुर्ण रुपमा आफना मातहतका बिओपी र बेश क्याम्प युनिटका सशस्त्र प्रहरीले पालना गर्ने गराउने बताए । एसपी चतुर्बेदीले सिराहा जिल्लामा रहेकोे प्रहरी चौकी तथा ईलाका प्रहरी प्रमुख वा कुनैपनी प्रहरीहरुले तस्करहरु साठ तथा अर्थिक प्रलोभनमा परी संगठन बिपरीत कार्य नगर्न नगराउन ठाडो निर्देशन दिएकाछन भने चतुर्बेदीले केही आफना प्रहरीहरुलाई समेत संगठनको नियम बिपरित कार्य गरेको भन्दै तीन चार कारवाही समेत गरेको सिरहा प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरीका एसपी कंडेलले आफना मातहातका बोर्डर आउट पोष्ट ( विओपी ) र सशस्त्र प्रहरीका वेश क्याम्प प्रमुखहरुलाई संगठनको नियम बिपरित कुनै पनी कार्य नगर्न नगराउन ठाडो निर्देशन दिएको कंडेलले हामीलाई बताउनुभयो ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्बेदीले नेपाल प्रहरीका एक ईमान्दार अफिसरका रुपमा रहेको प्रहरी अधिकृतहरु बताउछन ।
२०५३ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका एसपी चतुर्बेदी अपराध माहाशाखा काठमाण्डौमा प्रहरी नायव उपरिक्षक पदमा कार्यरत रहदा सिल्यर किलर अबिशेक राज सिंह लगभग धेरै मान्छेहरुको हत्या गरि फरार रहेका सिंहलाई र अबैध रकम असुली फोनबाट धम्की दिएर चन्दा असुली गर्ने गिरोहका नाईके तथा अपराधीहरुलाई पक्राउ गरी कारवाही समेत गरेको प्रहरीहरु नै बताउछन । शान्ति सुरक्षा तर्फ ६ महिना मधेस आन्दोलनको क्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख रहदा प्रदेश नम्बर २ का ८ जिल्लामा यस्तो कुनै जिल्ला छैनन् मान्छे नमरेको तर सिरहामा कहि पनि मान्छे मरेन प्रहरीको तर्फ बाट मानव छेत्ती भएको थिएन । निडर र हक्की स्वभावका रहेका एसपी चतुर्बेदी संगठनले दिएको जिम्मेवारी पुरै ईमान्दारिताका साथ पालना गर्ने प्रहरी अफिसरहरु नै बताउछन ।चतुर्बेदी प्रहरी सेवामा एक पल्ट सिआईवी ब्युरोमा हुदा खेरी बहुत चर्चित पाचथरको ९ जना हत्या घटनाको अनुसन्धान समेत गरी सकेकाछन भने दुई पल्ट मिशनको परिक्षामा पास भएर विदेश सम्म मिशनमा परिसकेका चतुर्बेदी प्रहरी उपरिक्षकको पहिलो प्रमुख भएर सिरहा आएका हुन । सशस्त्र प्रहरीका प्रमुख एसपी कंडेल संगठनमा एक होनाहार ईमान्दारका रुपमा चिनिने अफिसर रहेको सशस्त्र प्रहरी अधिकृतहरु बताउछन ।

सिरहाप्रहरी प्रमुख एसपी चतुर्बेदी र सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख द्धयले आफना मातहतका प्रहरीहरुलाई कुनै किसिमको गलत कार्य, अबैध रकम असुली, तस्करहरु संग मिलोमतो गरी साठ गाठ गरेको पाईएमा कार्बाहि गर्ने ठाडो निर्देशन दिएकाछन । एसपी दुवैले सिरहामा कतीको शान्ति सुरक्षा कायम गर्छन, कती राम्रो काम गरेर जनताको मन जित्न सफल हुन्छन त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार