युएई (जस)–लामो समयदेखि संयुक्त अरब इमिरेटस (यूएई) मा नेपाली सामाजिक अभियानहरूमा सक्रिय रूपमा सहभागि हुँदै आएका गोबिन्द ढकालले नेपाली समाज युएर्इको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली समुदायमा विभिन्न सामाजिक कामहरु गरेर लोकप्रिय छवि बनाएका ढकालले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । ‘नेपाली सामाज युएई अगाडी बढाउँन युएइ मा रहेका सक्रिय संघरसंस्था एक जुट भएर पुरानालाई सम्मान गर्दै जाने र नयाँलाई प्रोत्सान गर्दै अगाडी बढ्नु र महान लक्ष्य र कार्यक्रम सहित नेपाली समाजलाई हाक्न सक्ने,श्रमिकको हितमा काम गर्न सक्ने कुशल नेतृत्वको खाँचो देखिएको कुरा हजुरहरुलाई सर्बबिदितै छ । त्यसैले यी सबै चुनौतिको सामना गर्न बर्तमान नेपाली समाज युएइ को २०१९ – २०२१ कार्यकालको लागि आफ्नो उम्मेदवारी रहेको घोषणा गर्दछु’, ढकालले जारी गरेको विज्ञप्तिमा छ ।
यस्ता छन् ढकालका कार्ययोजनाहरु :
नेपाली समाज युएईमा आबद्द संघसंस्था तथा आजिबन सदस्य लगाएत सम्पुर्ण युएई बासि नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नमस्कार, नेपाली समाज युएईको १४ औ महाधिवेशन यहि ६ सेप्टेम्बर,२०१९ का दिन सम्पन्न हुन गईरहेको कुरा यहाँ हरुलाई अबगत नै छ । १९९० मा स्थापित नेपाली समाज युएइ संग बिगत लामो समाए देखि सहकार्य गर्दै नेपालीहरुको हरेक समस्यामा आफुले पनि सक्दो सहयोग गर्दै आइरहेको कुरा यहाँहरुलाई थाहै छ । नेपाली सामाज युएई अगाडी बढाउँन युएइ मा रहेका सक्रिय संघ/संस्था एक जुट भएर पुरानालाई सम्मान गर्दै जाने र नयाँलाई प्रोत्सान गर्दै अगाडी बढ्नु र महान लक्ष्य र कार्यक्रम सहित नेपाली समाजलाई हाक्न सक्ने,श्रमिकको हितमा काम गर्न सक्ने कुशल नेतृत्वको खाँचो देखिएको कुरा हजुरहरुलाई सर्ब बिदितै छ । त्यसैले यी सबै चुनौतिको सामना गर्न बर्तमान नेपाली समाज युएइ को २०१९ – २०२१ कार्यकालको लागि निम्न लिखित कार्ययोजना सहित आफ्नो उम्मेदवारी रहेको घोसणा गर्दछु-
-युएइ मा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्न सम्पूर्ण संघ/संस्थाहरु संग सहकार्य गर्दै नेपाली समाज प्रती सबै नेपालीको बिस्वास बढाउने छु ।
-नेपाली समाजको आर्थिक कोषलाई मजबुद बनाउदै आजिबन तथा साधारण सदस्यहरुलाई सहयोग राशि घोषणा गर्नेछु ।
-युएइमा क्रियासिल सम्पुर्ण सामाजिक, राजनैतिक, जातिय क्षेत्रीय एबं अन्य संघ/संस्थाहरु संग सहकार्य गर्दै,नेपाली समाजलाइ सबैको साझा फुलबारी हो भन्ने आभाष गराउने छु ।
-युएइमा रहेका नेपालीलाई भई परि आउने आपत बिपत एबं अन्य समस्यालाई नेपाली राज दुतावासबाट आबस्यक सल्लाह सुझाब लिइ दुताबास र नेपाली समाजको सहकार्यमा आर्थिक कोष खडा गरि समस्यामा परेका नेपालीहरुको नैतिक एबं कानुनी उपचार गर्दै समस्या समाधान गर्न प्रयत्न गर्नेछु ।
-नेपाली कला संस्कृतिको जगेर्ना गर्दै विभिन्न चाड,पर्ब बिसेष कार्यक्रमको आयोजना गर्नेछु ।
-युएइ कार्यरत नेपालीहरु रहेका क्याम्पमा गई जनचेतनामूलक कार्यक्रम गरिने छ, जसमा नेपाली राजदुतावासको पनि सहकार्यको लागि ध्यानकर्षण गराईने छ ।
-नेपाली महिलाहरु संग जोडिएका समस्यालाई उच्च प्राथमिकतामा राख्दै समन्धित निकायको सहयोगमा समाधान तर्फ लाग्न प्रयत्न गर्नेछु ।
-बिगतमा नेपाली समाजमा आबद्द भई बिशेष कारणले समाजबाट बाहिरिनु भएको सम्पुर्णलाई स-सम्मानका साथ समाजमा ल्याउने प्रयास गर्नेछु ।
-युएई रहनु हुने पत्रकार,ब्यापारी,समाजसेवि,कलाकार सबै संग सुमधुर सम्बन्ध बनाई आपसी छलफल गर्दै बैचारिक एबं सात्काक्षर कार्यक्रम गरिने छ,साथै सबै संघ संस्थाहरु संग कार्यगत सहकार्यमा जोड दिइनेछ ।
अन्त्यमा, हाल नेपाली समाज युएई ले आयोजना गर्ने बिभिन्न किसिमका कार्यक्रममा सहयोग गर्दै आएको सबैमा सर्ब-बिदितै छ । तपाईंहरुको साथ सहयोग र हौसलाले आगामी दिनमा अझै बढी मेहनत र कडा परिश्रम गर्दै निरन्तर सामाजिक सक्रियतामा रहेर यहाँका संघ संस्थाहरुसंगको सामुहिक कार्य योजना र निष्ठावान साथिहरूको मद्दत लिएर एउटा नमुना नेपाली समाज बनाउन पल गर्नेछु । नेपाली समाज केन्द्रीय समिति,विभिन्न जिल्लाका कार्य समितिहरु र राजदूताबासको सहकार्यमा नेपाली माथी आपत बिपत पर्दा न्यायोचित कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पुर्ण संघ संस्था,आजिबन सदस्य,प्राषद सदस्यमा साथ सहयोग को लागि हार्दिक अपिल गर्दछु । आशा छ नेपाली समाजलाई उच्च स्थानमा पुर्याउने मेरो सपनामा हजुरहरुको साथ र सहयोग हुनेछ ।- गोविन्द ढकाल