बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

इङलिश प्रिमियर लिग : एभर्टनमाथि भिल्लाको सहज जित

शनिबार, भाद्र ७ २०७६

काठमाडौं(एजेन्सी)–इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टन पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा एस्टन भिल्लाले एभर्टनलाई २(० ले पराजित गरेको छ । एस्टन भिल्लाको जितमा वेस्ले र अनवर एल घाजीले एक एक गोल गरेका थिए ।
यस सिजनमा मोइएस कीन र एलेक्स इवोबीलाई साइन गरेको एभर्टले यस अघि एक बराबरी र एक जित हासिल गरेकोमा तेस्रो खेलमा हार बेहोरेको छ । त्यस्तै प्रिमियर लिगमा फर्केको भिल्लाले भने यस अघि टोटनह्याम र बर्नमाउथसँग पराजित भएकोमा तेस्रो खेलमा जित हासिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार