शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

श्रीलंकामा चार महिनापछि हट्यो स‌ंकटकाल

शनिबार, भाद्र ७ २०७६

काठमाडौं, ७ भदौं । श्रीलंकामा गत अप्रिल २१ पछि लगाइएको संकटकाल चार महिनापछि हटाइएको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशमा गत अप्रिल २१ पछि लगाइएको संकटकाल अन्त्य भएको श्रीलंकाका सञ्चारमाध्यमहरुले रक्षा मन्त्री जनरल सान्था कोटेगोडालाई उद्धृत गरी उल्लेख गरेका छन् ।

अप्रिल २१ तारिखका दिन भएको आतंकवादी हमलामा परी २५० भन्दा बढीको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । घटनापछि श्रीलंकामा संकटकाल लागू गरिएको थियो ।

यसअघि अप्रिल २२ देखि हरेक महिनाको २२ तारिखका दिन संकटकालको म्याद थप्दै आएका राष्ट्रपति सिरिसेनाले यस पटक भने म्याद नथपेको सैन्य अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार