शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनए एनसीसी मकाउको महासचिवमा तुलसी पौडेलले गरे उम्मेदवारी घोषणा, यस्ता छन् पौडेलका कार्ययोजनाहरु (विज्ञप्तिसहित)

शनिबार, साउन ३२ २०७६

काठमाडौं, ३२ साउन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) मकाउको महासचिवमा तुलसी पौडेलले उम्मेदवारी घोषणा गरेका छन्। सेप्टेम्बर ०८ मा हुन गइरहेको एनआरएनए मकाउको अधिवेशनमा अधिकारीले २०१९–२०२१ कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
‘गैर आवासीय नेपाली संघ मकाउ  चिनको आसन्न साधारण सभा र २०१९(०२१ को कार्यकालको लागि कार्यसमिति चयन वा निर्वाचनको लागि अध्यक्ष पदको लागि २ जना प्रत्यासीले आ(आफ्नो कार्ययोजनासहित उम्मेद्वारी घोषणा गरिसकेको परिप्रेक्ष्यमा म पनि महासचिव पदको लागि उम्मेद्ववारी सार्वजनिक गर्न चाहन्छु । अध्यक्षका प्रत्यसीहरुले लिएर आउनुभएका योजनाहरुलाई प्रभावकारी ढंगले जनसमुदायमा लगि मकाउमा बसोबास गरिरहनु भएका बृहत नेपाली दाजुभाई दिदीबहिनीहरुको हित के कसरी गर्न सकिन्छ भनी अन्तरक्रिया गरि उचित रायबाट अगाडि बढ्दै अध्यक्ष पदका दुवै प्रत्यासीका योजनाहरुलाई एकीकृत गरेर तपाईंहरुकै सुझाव मुताबिक कार्यान्वयनमा अगाडि बढाउने प्रण गर्दछु’, पौडेलले गरेको घोषणामा उल्लेख छ ।

 

घोषणा तथा योजनाहरु :

गैर आवासीय नेपाली संघ मकाउ  चिनको आसन्न साधारण सभा र २०१९-०२१ को कार्यकालको लागि कार्यसमिति चयन वा निर्वाचनको लागि अध्यक्ष पदको लागि २ जना प्रत्यासीले आ-आफ्नो कार्ययोजनासहित उम्मेद्वारी घोषणा गरिसकेको परिप्रेक्ष्यमा म पनि महासचिव पदको लागि उम्मेद्ववारी सार्वजनिक गर्न चाहन्छु । अध्यक्षका प्रत्यसीहरुले लिएर आउनुभएका योजनाहरुलाई प्रभावकारी ढंगले जनसमुदायमा लगि मकाउमा बसोबास गरिरहनु भएका बृहत नेपाली दाजुभाई दिदीबहिनीहरुको हित के कसरी गर्न सकिन्छ भनी अन्तरक्रिया गरि उचित रायबाट अगाडि बढ्दै अध्यक्ष पदका दुवै प्रत्यासीका योजना ( यहाँहरुले दुवैजनाको योजना वहाँरुको आ-आफ्नै वालमा हेर्नु भएकै छ वा हेर्नुहुनेछ भन्ने विस्वास गर्दछु )हरुलाई एकीकृत गरेर तपाईंहरुकै सुझाव मुताबिक कार्यान्वयनमा अगाडि बढाउने प्रण गर्दछु । मेरो मनमा लागेका योजनाहरु निम्नानुसार प्रस्तुत गर्दछु ।

१. मकाउ अध्यागमन र नेपाल सरकारका सम्बन्धित विभागसँग समन्वय गरी मकाउमा ( नेपाल सरकारबाट श्रम स्वीकृति लिई ) रोजगारी गर्ने नेपालीको यकीन संख्या समय – समयमा बुझी सार्वजनिक गर्ने ।

२. मकाउ आईडी लिई रोजगार वा अन्य व्यवसाय गर्ने नेपालीको संख्या ( अभिलेख ) जानकारी लिई सार्वजनिक गर्ने ।

३. सम्भव भएसम्म कुन कम्पनीमा कति नेपाली कार्यरत छन् जानकारी लिने ।

४. सप्लायर्स कम्पनीमा कार्यरत नेपालीहरुले पनि ईन्स्योरेन्स ( मकाउमा प्रचलित कानुन अनुसार ) पाउने हो वा होइन , पाउने हो भने सरल तवरले पाउनको लागि फलोअप गर्ने ।

५. सप्लायर्स कम्पनीमा कार्यरत नेपालीहरुका अन्य समस्याको समाधानार्थ मकाउ लेवर डिपार्टमेंटमा परामर्श गर्ने ।

६. मकाउ प्रशाशनको नियमानुसार आफुखुशी भिजिट भिषामा मकाउ आएर काम गर्न चाहने वा यहीं काम गरिरहेको अवस्थामा कंपनी परिवर्तन गर्न चाहनेहरुलाई भैरहेको समस्यालाई न्युनिकरण वा समाधान गर्न पहल गर्ने ।

७. बैधानिक तवरबाट रेमिट्यान्स स्वदेश भित्र्याउने सरकारी योजनालाई मकाउको लागि कसरी प्रभावकारी बनाउने भन्ने बारे फलोअप गरी जानकारी लिने र सार्वजनिक गर्ने ।

८. दुर्भाग्यवश मकाउमा मृत्यु हुनसक्ने नेपालीको पार्थिव शरीर नेपाल पठाउन सक्ने सरल उपाय कस्तो हुनेछ भनी मकाउको विशेष प्रशासनसँग आधिकारिक परामर्श गरी पाएको जानकारी सार्वजनिक गर्ने । यसको लागि नियमानुसार नेपाल सरकारको प्रतिनिधि आवश्यक परे सम्बन्धित निकायमा अनुरोध गर्ने ।

९. हंगकंग हुदै नेपाल जानका लागि सरल उपायको लागि पहल गर्ने ।

१०. नेपाल एयर को हंगकंग – काठमाण्डू नियमित उडानलाई यहाँबाट नेपाल विदामा जाने नेपालीको औसत संख्या हेरि प्रत्यक महिना निश्चित दिन मकाउ ट्रान्जिट गर्न अनुरोध गर्ने ( जसले गर्दा मकाउबाट स्थानीय ब्यक्ति पनि नेपाल भ्रमणमा जान सहज भई नेपालमा पर्यटन विकासमा टेली पुग्नेछ ) ।

११. महाबाणिज्य दुतको सम्पर्क कार्यालय मकाउमा सकेसम्म नियमित र सुलभ बनाउन पहल गर्ने । १२. मकाउबासी नेपालीलाई भैपरि आउन सक्ने समस्याहरु समाधान गर्न वा आउनै नदिन सम्बन्धित निकाय ( मकाउभित्र वा बाहिर ) हरुसँग सल्लाह , परामर्श र सहकार्य गर्ने ।

१३. NRNA Macau कुन तवरले अगाडि बढ्दा ( कार्य समितिले कसरी काम गर्दा ) सकेसम्म बढी नेपालीको हित र फाईदा हुन्छ भन्ने कुरा बुझ्न अन्तरक्रिया कार्यक्रम गरि मत बुझिनेछ र सोही अनुसार योजना बनाई अगाडि बढिनेछ ।

१४. अन्य विविध काम कुराहरु( जसले हाम्रो देशको पहिचान झल्काओस ) तपाईहरुको सल्लाह सुझाव अनुसार समय अवसर मिलाएर गर्ने। उल्लेखित बुँदाहरुमा छुट्न गएका काम कुराहरु जो तपाईंको नजरमा महत्वपूर्ण छन् , सल्लाह दिनुहोला सकेसम्म फलोअप गरि सही परिणाम निकाल्न मन वचन र कर्मले अगाडि बढ्नेछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार