मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

नीजि अस्पताल घुस लेनदेनमा संचालन, लहानमा २ नीजि अस्पतालमा तालाबन्दी

बिहिबार, साउन ३० २०७६

आलोक यादव, लहान –सिराहाको लहान स्थित रहेको दूई स्वास्थ्य प्रतिष्ठानमा प्रशासनले तालाबन्दी गरेको छ । पाँच पोलिक्लिनिकमा समेत अतिरिक्त कक्षमा तालाबन्दी गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय सिराहा ,ईलाका प्रशासन कार्यालय लहान, पत्रकार, उपभोक्ता महासँघका प्रतिनिधिहरुको एक टोलीले अनुगमन गर्दा लिला मदन पोलिक्लिनिक एण्ड प्रसुति गृह प्रा.लि.लहानलाई खारेज हुने गरी बन्द गरिएको छ । लिला मदन पोलिक्लिनिकले दूई बर्षदेखि नविकरण नगराएर गर्भपतन, जटिल आँपरेशनलगायत विरामी भर्ना गरेर मोटो रकम असुली गर्दै आएको थियो ।अवैध रुपमा संंचालन गरिएको सो लिलामदन पोलिक्लिनिकलाई नविकरण तथा सम्पूर्ण कर चुक्ता गर्न भन्दै ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीले तालाबन्दी गर्न लगाएका छन् । अनुगमनकै क्रममा लहान ३ स्थित रहेको हिमालयन डेन्टल क्लिनिकलाई समेत तालाबन्दी गरेको छ । हिमालयन क्लिनिक कम्पनीमा मात्र दर्ता गरी सम्बन्धि निकायसँग इजाजत नलिएकोले तालाबन्दी गरिएको छ ।
मेरी गोल्ड , सेराज पोलिक्लिनिक, चाइल्ड हेल्थ केयर, त्रिशक्ति हेल्थ केयर, लहान एड्भान्स पोलिक्लिनिकलगायतका स्वास्थ्य प्रतिष्ठानमा अनुगमन गरिएको छ । अनुगमन टोली देखेपछि राधाकृष्ण डेन्टल क्लिनिकले सटर डाउन गरेर फरार भएका थिए । पोलिक्लिनिकहरुले ई समूहको प्रयोगशाला, एम.सि.एच. सेवा, ईसिजी सेवा, एक्स रे, परिवार नियोजन र बहिरंग सेवा अनिवार्य रुपमा चलाउँनुपर्ने प्रावधान रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा.नागेन्द्रप्रसाद यादवले बताए । डा.यादवले तोकिएको सेवा सुविधान भन्दा अतिरिक्त सेवा दिएका पोलिक्लिनिकका कक्षहरुमा समेत तालाबन्दी गरिएको छ । यिनीहरुलाई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाउने बताए । सिराहामा ६५ पोलिक्लिनिक दर्ता रहेको छ भने त्यसमा पाँच वटाको नविकरण भएको छैन । उता, सिराहाका लहान लाइफ केयर हाँस्पिटल प्रा.लि., फ्रेन्डस् अस्पताल लहान, डिभाइन हेल्थ केयर अस्पताल लहान, सप्तऋषि नर्सिग होम लहान, कामना नर्सिग होम लहान ४, सगरमाथा मोडेल हाँस्पिटल गोलबजार, माँ धमनी हाँस्पिटल गोलबजार, रेखा नर्सिँग केयर एण्ड डाइग्नोस्टिक सेन्टर मिर्चैयाको नविकरण समाप्त भएको पाँच बर्ष पुगेको छ ।
अवैध रुपमा संचालन रहेको यि निजी अस्पताललाई केही महिना अघि अनुगमन गरी तालाबन्दी गरिएको थियो । नविकरण गर्न यस्ता निजी अस्पताललाई सात दिनको अल्टीमेटम दिएका थिए । तर, हालसम्म नविकरण नहुँदा सरोकारवालाहरुको मिलोमतोमा अवैध रुपमै पूनः संचालनमा रहेको छ ।२०७० यता देशभरकै अधिकांश निजी अस्पतालको नविकरण रोकिएको छ । अस्पताल खोल्ने मापदण्ड पुरा गरेका केही अस्पताललाई मात्र नविकरण गरिएको छ ।
त्यस्तै लहान ३ स्थित रहेको मेरी गोल्ड पोलीक्लिनिकले डेलेभरी गराउँदा नजन्मिदै एक बच्चाको मृत्यू भएको छ । पोलीक्लिनिकमा डेलेभरी गर्ने इजाजत नदिएपनि स्वास्थ्यकर्मी चन्दन साहको निर्देशनमा यस्ता कार्य हुँदै आएको छ । साउन २६ गते सिरहाको मिर्चैयाबाट आएकी एक महिलाको अपरेशन गरी बच्चा निकाल्न खोज्दा पेटमै बच्चाको मृत्यू भएको छ । उता, महिलाको अवस्था गम्भिर छ । थप उपचारको लागि विराटनगर पठाइएको छ भने आजसम्म १२ पाउण्ड ब्लड महिलालाई चढाइएको छ । यता, अपरेशनमा संलग्न एक महिला स्वास्थ्यकर्मीलाई सोधपुछको लागि ईलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । मेरी गोल्डमा भएको यस्तो घटनाको वारेमा अनुगमन टोली मौन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार