बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

नेपाली फुटबल टोलीले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने

बुधबार, साउन २९ २०७६

काठमाडौं (जस)–विश्व कप छनोटअन्तर्गत कुवेतसँग पहिलो खेल खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोलीले भदौ ९ गते मलेसिया सुपर लिग च्याम्प्यिन जोहार डारुल टा जिम एफसीसँग जोहार सिटीमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । त्यसको दश दिनपछि भदौ १९ मा नेपालले कुवेतसँग खेल्नेछ ।
नेपाल, कुवेत, अस्ट्रेलिया, जोडर्न र चाइनिज ताइपेइ एसियाली विश्व कप छनोटका समूह ‘बी’ मा छन् । मैत्रीपूर्ण खेल तय भएपछि नेपाली टोलीका प्रशिक्षक योहान कालिनले खुसी व्यक्त गरेका छन् । ‘त्यो मैत्रीपूर्ण खेल हाम्रा लागि राम्रो अवसर हुनेछ,’ कालिनले भने,‘ हाम्रा खेलाडीले प्रशिक्षणमा राम्रो मेहनत गरिरहेका छन् । हामीले आफ्नो क्षमता परिक्षणका लागि पनि बलियो टोलीसँग खेल्न आवश्यक छ । नेपाल र कुवेतबीच मार्चमा भएको पछिल्लो दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिको थियो भने अर्को खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार