आलोक यादव लहान – हातहतियार खरखजना मुद्दामा केही दिनदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।फरार प्रतिवादीको रुपमा रहेका सिराहाको सिराहा नगरपालिका वडा नम्बर–२२ स्थित हकपडा बस्ने २३ बर्षिय दिनेश कुमार यादव लाई प्रहरीले पक्राउ गरेको हो ।

हातहतियार खरखजना मुद्दा परेका यादव गत केहि दिन देखि फरार रहेका थिए । फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिराहा प्रहरीको विशेष टोलीले सिराहा नगरपालिका वडा नम्बर–२२ हकपडा बाट पक्राउ गरेर आवश्यक कारबाही अगाडि बढाएको छ ।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।