काठमाडौं, २८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्वीकार गरेको छ ।
उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।
सन्दीपले सामाजिक संजाल ट्वीटरमा आफुले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको बताएका छन् ।
आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।
