बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

नेइमार बिना पिएसजीको विजयी सुरुवात

सोमबार, साउन २७ २०७६

काठमाडौं(एजेन्सी)–फ्रेन्च लिग वानअन्तर्गत पिएसजीले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले निम्सविरुद्ध ३–० को जित हासिल गरेको हो । पिएसजीका लागि एडिसन कभानी, किलीयन एम्बाप्पे र एन्जल डिमारियाले एक एक गोल गरेका थिए । ब्राजिलियन खेलाडी नेइमारले क्लब छोड्ने विवादका बीच उनको अनुपस्थितिमा पिएसजीले सिजनको राम्रो सुरुवात गरेको हो । गत छ सिजनमा लगातार उपाधि जित्दै आएको पिएसजीले जितसँगै नयाँ सिजनको सुरुवात गरेपछि अब पिएसजीलाई नेइमारको आवश्यकता नभएको सन्देश समेत गएको छ ।
यस खेलमा गोल गरेसँगै एम्बाप्पेले सन् २०१९ मा २१ गोल गरेका छन् । उनी सन् २०१९ मा लियोनेल मेसीसँगै २१–२१ गोल गर्ने खेलाडी समेत बनेका छन् । यस खेलमा पिएसजीका फ्यानहरु भने नेइमारविरूद्ध उत्रिएका छन् । उनीहरुले यस खेलमा नेइमारलाई गाली गर्दै क्लबबाट छिटो बाहिर जान भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार