आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कालोबजारी गर्ने लाई तह लगाउदै एसपि चतुर्बेदी ,रसायनिक मलको कालोबजारी गर्ने दुइजना पक्राउ

आइतबार, साउन २६ २०७६

आलोक यादव
सिराहा साउन २६– सिराहा नगरपालिका वडा नम्बर – १२ स्थित सारश्वर र बेल्हा टोलका दुईजना रसायनिक मलको डिपो सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। बिक्रिका लागि तोकिएको भन्दा बढी मूल्य लिएर रसायनिक मल बिक्रि गरेको पाइएपछि सारश्वरस्थित रोहित खाद्य भण्डार तथा जेनरल स्टोरका सञ्चालक ४२ वर्षीय सन्तोष प्रसाद गुप्ता र अनिल खाद्य एवं जेनरल स्टोरका सञ्चालक ४५ वर्षीय भगिरथ साहलाई पक्राउ गरि कारबाहीअघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपीलराज बोहराले जानकारी दिए।

रोहित खाद्य भण्डारबाट प्रहरीले युरिया मल २२ बोरा, डिएपी मल ४ बोरा, हिरा मल २ बोरा सरदार मल १ बोरा र पोटास मल १ बोरा बरामद गरेको छ। अनिल खाद्य भण्डारबाट प्रहरीले १४ बोरा युरिया मल, १ बोरा डिएपी मल तीन पोका खुल्ला मल बरामद गरिएको बोहराले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार