मुम्बई(एजेन्सी)–बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहले भारतीय बक्स अफिसमा निरन्तर उत्कृष्ट कलेक्सन गर्दै कैयौ रेकर्ड तोडेको छ । रिलिजको ३७औ दिनसम्म आइपुग्दा कबीर सिंहले २ सय ७५ करोड कलेक्सन गरेको छ । फिल्मले ५ दिनमा सय करोड, ७ दिनमा १२५ करोड, ९ दिनमा १५० करोड, १० दिनमा १७५ करोड, १३ दिनमा २ सय करोड, १६ दिनमा २२५ करोड, २२औ दिनमा २५० करोड र ३७औ दिनमा २७५ करोड कलेक्सन गरेको छ ।त्यस्तै कबीर सिंहले पहिलो सातामा १३४ करोड ४२ लाख, दोस्रो सातामा ७८ करोड ७८ लाख, तेस्रो सातामा ३६ करोड ४० लाख, चौथो सातामा १६ करोड ६६ लाख, पाँचौ सातामा ८ करोड १० लाख, छैठौ साताको विकएण्डमा एक करोड ६० लाख कलेक्सन गरेको छ ।
कबीर सिंहले सन् २०१९ मा रिलिज भएका सबै फिल्म भन्दा छिटो २ सय ५० करोड क्लबमा फिल्म समेत बनेको छ । यस अघि फिल्मले सुपरस्टार सलमान खानको फिल्म भारतको रेकर्डलाई समेत तोडेको छ भने फिल्मले यस बर्षको अर्को सुपरहिट फिल्म उरीको रेकर्डलाई समेत तोडेको छ । फिल्मले बक्स अफिसमा कैयौ रेकर्ड समेत तोडेको छ । फिल्मले अभिनेता शाहिद कपुरको क्यारियरमा अहिलेसम्म कै सफल फिल्मको रेकर्ड त बनायो नै यसले यस बर्ष रिलिज भएका फिल्मका कैयौ रेकर्ड तोडिएको छ ।
दक्षिण भारतको ब्लकबष्टर फिल्म अर्जुन रेड्डीको रिमेक कबीर सिंहमा शाहिद कपुर र कियारा आडवाणीको प्रमुख भूमिका रहेको छ । सेन्सरले एडल्ट सर्टि्फिकेट दिनुमा यस फिल्ममा शाहिद कपुरले पागल प्रेमीको भूमिकामा रहेका छन् । फिल्म २ घण्टा २४ मिनेटको रहेको छ भने फिल्मलाई सन्दीप वांगाले निर्देशन गरेका छन् । यस फिल्मलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएर यस फिल्मलाई सिनेमा हलमा गएर बालबालिकाले हेर्न नपाउने बनाए पनि फिल्मलाई दर्शकले अत्याधिक मन पराएका छन् ।
फिल्ममा शहिद र कियारा दुवै मेडिकल विद्यार्थी हुने र शाहिद (कबीर सिंह) ले कियारालाई जबर्जस्ती प्रेम गर्ने र अन्ततस् कियाराको मन जित्न सफल हुने तर पछि दुवैबीच बिछोड हुने कथा रहेको बताइएको छ । कियारासँगको बिछोड पछि शाहिद कुलतमा फस्ने समेत फिल्ममा देखाइएको छ ।