आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

फिल्म ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक

सोमबार, साउन १३ २०७६

काठमाडौं (जस)– फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनयमा डेब्यू गरेका सुंगठित शरीरका धनी अभिनेता सुशील श्रेष्ठ र नव(अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ । बाबु प्रधानको एरेञ्ज रहेको गीतमा गायक सुगम पोखरेल र स्वेच्छा ठकुरीको संयुक्त गायन छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता सुशील र अभिनेत्री रुविना फिचर्ड छन् । गीतको भावअनुरुप भिडियो निर्माण भएको छैन ।
विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी कमजोर छ । सौरभ चौधरीले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्मको नामको अर्थ बुझाउँदै उनी भन्छन, ‘प्रेममा रहँदा विताएको एउटा अविस्मरणीय पललाई शब्दमा उतारिएको डायरीलाई लभ डायरीज भनिन्छ । फिल्ममा पनि सुशील र रुविनाको अविस्मरणीय प्रेमलाई देखाइएको छ ।’ उनले फिल्मबाट आफू निकै आशावादी रहेको बताए । यो फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । उक्त फिल्म आउँदो असोज ३ मा रिलिज हुँदैछ । यो मितिमा सोमबारमात्र सुपरहिट फिल्मको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने निश्चत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार