बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चेल्सीले जित्दा लिभरपुल र आर्सनल पराजित

सोमबार, साउन १३ २०७६

काठमाडौं(एजेन्सी)–प्रिसिजन टुर अन्तर्गत अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब चेल्सीले सफलता हात पार्दा लिभरपुल र आर्सनल भने पराजित भएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले रिडिङलाई ४–३ गोल हरायो । चेल्सीको जितमा रोस बार्कलीले २२औं र केनेडीले ४२औं मिनेटमागोल गरे । मासोन माउन्टले ५७औं र ६०औं मिनेटमा दुई गोल गरेका थिए । रिडिङका लागि जोस बारेटले १३औं, माइकल मोरिसनले ४९औं र साम बाल्डोकले ७१औं मिनेटमा गोल गरेका थिए ।
यसैगरी आइतबार राति भएको अर्को खेलमा च्याम्पियन्स लिग विजेता लिभरपुल इटालियन क्लब नापोलीसँग ३–० गोलले पराजित भएको छ । प्रिसिजनमा लिभरपुलले खेलेका चार खेलमा यो तेस्रो हार हो । स्कटल्यान्डमा खेलिएको खेलमा नापोलीलाई जिताउन लोरेन्जो इनसिग्नेले १८औं, आर्का्डिउट मिलिकले २९औं र अमिन योनिसले ५२औं मिनेटमा गोल गरेका थिए ।
अर्को खेलमा खेलमा आर्सनल लियोनसँग २–१ गोल गोलले पराजित भयो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले हार खेपेको थियो । आर्सनलका लागि पिर्रे इमरिक अबुमियाङले ३५औं मिनेटमा खाता खोलेका थिए । त्यसपछि लियोनले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । लियोनका लागि दुवै गोल मोउसा डेम्बेलेले गरे । डेम्बेलेले ६६औं र ७६औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार