कतार / गैरआवासिय नेपाली संघ एनआरएनए एनसिसि कतारको खुल्ला सदस्यमा डेग बहादुर भारती (सुमन भारती )ले उम्मेद्वारी घोषणा गरेका छन । कतारको अधिबेशन नजिकिदै गर्दा एनसिसि कतारको आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।
भारतीले एनआरएनए एनसिसि कतारका संस्थापक एबम अग्रज अभियन्ताहरु, पंजिकृत सदस्यहरु, कतारमा स्थापित सम्पुर्ण संघसस्था का प्रमुख तथा पदाधिकारीहरु,कतारबासी नेपालि दाजुभाई तथा दिदी-बहिनीहरुलाई अनुरोध गर्दै एक बिज्ञप्ति जारी गर्दै आफुलाइ मत दिई एनसिसि कतारको (२०१९-२०२१) कार्यकालको लागि आठौ अधिबेशनबाट चयन हुने कार्यसमितिको खुल्ला सदस्यमा बिजयी गराउन अनुरोध गरेका छन ।
भारतीले आफू लामो समयदेखि कतार वासी नेपाली समुदायको नजिक रही नेपाली समाज र समुदायको हितको लागि काम गरेको अनुभवहरुलाई संगाल्दै यस संस्थालाई उपलब्धी मुलक बनाउने उद्धेश्यले गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खुल्ला सदस्यमा रही एनआरएनए एनसिसि कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्न सक्छु भन्ने आत्म विस्वासका साथ उम्मेदवारी दिएको बताए । उनले आफ्नो आशा र चाहनालाई आत्मासाथ गर्दै साथ र सहयोग गर्न सबैलाई आग्रह गरेका छन ।