आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

हरियाली शहर बनाउन पीडीएसएसको अभियान, यसरी बढाउँदै छन् अध्यक्ष पौडेलले सबैको सहकार्यमा काम (फोटोफिचर)

शनिबार, साउन ११ २०७६

काठमाडौं, ११ साउन । हाम्रो देशमा पनि उर्वान सिटीको अवधारणा छ। हरियाली वाताबरणमय शहरको लागि बृक्षरोपण बढाउन जरुरी छ । उपयुक्त र गुणस्तरीय वृक्षरोपण आवश्यक छ । यसलाई मूर्तरुप दिन महाराजगञ्जको प्रगतिशीलधारा सुधार समिति (पीडीएसएस) ले हरियाली शहरको अवधारणा अगाडि बढाएको छ । समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार संस्थाले राजधानीका विभिन्न स्थानमा हरियाली अभियानका लागि स्थानीय र विभिन्न सहयोगहिरुसँग हातेमालो गर्दै काम गरिरहेको छ । काठमाडौंको वडा नम्बर २ को सौन्र्दयीकरण प्राथमिकतामा रहेको पनि पौडेलले भने । मूल सडकमा रहेका सबै खम्बाहरूमा अब लहरै विभिन्न खाले फूलसमेत रहेको फूलदानी राखी यसलाई एक किसिमको ‘ह्यांगिङ गार्डेन’ को रूप दिने पौडेलको सोच रहेको छ। यो काठमाडौं महानगरपालिकाकै पहिलो ह्यांगिङ गार्डेन सहितको वडा बन्न पनि सफल भएको पौडेलले बताए । अहिले पौडेललगायत स्थानीयहरु हरियाली वडा बनाउन खटिईरहेका छन ।

पीडीएसएस वातावरण संस्था महाराजगन्जले सडक पेटी हरियाली अभियान अन्तर्गत ‘क्लिन ग्रिन, बिउटी प्रोजेक्ट प्लान’ अघि बढाएको छ । नगर र महानगरको मुख्य सडक पेटीहरूमा वृक्षारोपण गर्दै सहरलाई हरियाली र सुन्दरतामा परिणत गर्ने अभियान को थालनी पीडीएसएसले गरेको छ । ‘नो प्लान्ट नो फिउचर’ भन्ने जनचेतना पनि फैलाउँदै र विश्वमा बढ्दै गएको ग्लोबल वार्मिङप्रतिको चिन्ताजनक अवस्थालाई न्युनीकरण गर्न पीडीएसएसले यो अभियानको सुरुवात गरेको अध्यक्ष पौडेलले बताए ।

विश्वमा बढ्दै गएको ग्लोबल वार्मिङ घटाउन एक जना बराबर तीन बिरुवा रोप्नै पर्ने भइसकेको अवस्थालाई मनन गर्दै र सहर हराभरा बनाउने, स्वच्छ वायु उत्पादन गर्ने, धुलो धुवा न्युनीकरण गर्ने आदि पवित्र ध्येयले विभिन्न बैङ्क, वित्तीय संस्थाहरूको सहयोग लिई सडक पेटी, पार्क, खुलाठाँउ लगायतका ठाँउहरुमा बिरुवा रोप्ने अभियान संचालन गरेको उनले बताए । ‘हामीले एभरेस्ट बैङ्कको सहयोगमा पानिपोखरी महाराजगन्जतिर, माछापुच्छ्रे बैङ्कको सहयोगमा टोखा, बुढानीलकण्ठलगायत स्थानतिर वृक्षरोपण गरिसकेका छौ । साथै, सांग्रीला बैङ्कको सहयोगमा राष्ट्र बैंक चोकचोकतिर वृक्षरोपण गरिसकेका छौ,’ अध्यक्ष पौडेलले बताए ।

पौडेलले भने –‘हामीलाई यस पवित्र अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गनुहुर्ने सम्पूर्ण व्यक्ति एवं सङ्घ संस्थाहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । हामीले मात्र गरेर हुँदैन । हामी सबै मिलेर हातेमालो गरी विश्वमा बढ्दै गएको वातावरण प्रदूषण, ग्लोबल वार्मिङ, वायु प्रदुशष लगायतको न्यूनीकरण गरी यो पृथ्वीको र सारा प्राणीजगतको जीवन रक्षा गर्नु नै हामी चेतनशील मानव जातिको धर्म हो । हराभरा सुन्दर सरह नै हाम्रो परिकल्पना हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार