शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

एनआरएनए बेल्जियमको नेपाल मेला सेन्ट निकलासमा, कार्यक्रम भव्य रुपमा सफल पार्न अध्यक्ष दाहालको आग्रह

शुक्रबार, साउन १० २०७६

बेल्जियम / गैर आबासीय नेपाली संघ बेल्जियमले हरेक बर्ष आयोजना गर्दै आई रहेको नेपाल फेस्टिबल यस् बर्ष बेल्जियमको सुन्दर शहर सेन्ट निकलासमा जुलाई २७ तारिख शनिबार गर्दैछ । नेपाललाई आफ्नो कर्मभुमिमा चिनाउने र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिने नेपाल मेलामा बेल्जियममा सक्रिय नेपाली समुदायका संघ संस्था र नेपाली राजदुताबासले पनि सहकार्य र सहयोग गर्ने गरेका छन ।

नेपाली जातीय, सास्कृतिक झाकीको प्रदर्शन, मौलिक नेपाली नृत्य र गायन, नेपाली खानाको बितरण र प्रचार प्रसार गरिने कार्यक्रम रहेको उक्त मेलामा स्थानीय कलाकारहरु र नेपालकी लोकप्रिय गायिका नलिना चित्रकारको पनि प्रस्तुती रहने छ ।

एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले महोत्सवले नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारलाई जोड दिने बताए । उनले भने उक्त कार्यक्रममा बालुवाद्वारा निर्मित नेपाली चित्रकारको कलात्मक चित्रहरु समेत प्रर्दशनीमा राखिने छ । अध्यक्ष दाहालले उक्त कार्यक्रममा बेल्जियममा रहेका सम्पूर्ण नेपालीहरु सहभागिता जनाई कार्यक्रम भब्य सफल पार्न आग्रह समेत गरेका छन।

सो मेलामा आफ्नो सामान र उत्पादन राखेर बिक्री बितरण गर्न र प्रचार प्रसार गर्नका लागि सबै स्टलहरु बुक भैसकेको एनआरएन बेल्जियमले जनाएको छ । मेला ब्यबस्थापनका लागि उपाध्यक्ष योगिता थापाको तयारी समिती र अन्य उप समितिहरुले सकृयता पूर्वक काम गरी रहेको र मेला भब्यरुपमा सम्पन्न गर्न सबैलाई आआफ्नो क्षेत्रबाट सहयोग गरिदिन एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले गर्नु भएको छ ।

नेपाली मेलालाई स्थानीय नागरिक र स्थानीय सरकारको तर्फबाट सहयोग रहने छ । सोही उद्द्यस्यका लागि बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापाले सेन्टनिकलास शहरका मेयर लिएभेन देहन्दसुचर सँग भेट गरी नेपाली मेलालाई सहयोग गर्न र नेपालको पर्यटन पर्बर्धनमा सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

उक्त शहरमा नेपाली मेला आयोजना हुने जानकारी स्थानीय रेडियोहरु , पत्रीकाहरु र शहरको पर्यटन बिभागले पनि प्रचार प्रसार गरी रहेकाले मेला अरु बर्ष भन्दा ब्रिहत सहभागिता सहित् भब्य र सफल हुने विश्वाश सन्योजक योगिता थापाले ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार