काठमाडौं(जस)–सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आँखादान समाजलाई अत्यावस्यक भौतिक सामाग्रीहरु उपलब्ध गराएको छ । ‘आँखादान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि आँखाको नानीको कारणबाट हुने अन्धोपन उन्मुलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आँखादान समाजलाई बैंकले सहयोग गरेको हो । आँखा स्वास्थ्यसम्बन्धी जनचेतना मुलक अभिमूखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावस्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरे ।