बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

काठमाडौं किङ्स इलाभेन कर्पोरेट कप हुने

बिहिबार, साउन ९ २०७६

काठमाडौं(जस)–नेपालको ठूलो इपील क्रेन्चाईजर टिम काठमाडौं किङ्स इलाभेनले दोस्रो सिजनको कर्पोरेट कप आयोजना गर्न लागेको छ । यो सिजनमा पहिले भन्दा अझ व्यवस्थित र आकर्षक पुरस्कार सहित आयोजना गर्न लागिएको काठमाडौं किङ्स इलाभेनका सि.ई.ओ. राजजंङ्ग थापाले जानकारी दिए । यसका साथै यस टिमले ट्यालेन्ट हन्ट फ्यान कप जस्ता प्रतियोगीता पनि गराउँदै आईरहेको छ ।
गत बर्षको कर्पोरेट कप प्रतियोगिता अटो मोवाईल, बैंङ्क, इन्सोरेन्स, मिडिया हाउस गरी विभिन्न १४ ओटा टीमले भाग लिएको प्रतियोगितामा फाइनलमा एनआइसी एसिया र नेपाल लाइफ इन्स्योरेन्सले प्रतिस्पर्धा गरेका थिए जसमा नेपाल लाइफलाई हराउँदै एनआइसी एसिया बैकले उपाधी जित्न सफल भएको थियो ।
गत बर्षको इपिएलमा तेस्रो हुन सफल टिममा दुर्त गतिका वलर सोमपाल कामी विश्व किर्तीमान आयरलेण्ड का खेलाडी केभिन ओवाइम युएईका कप्तान रोहन मुस्थपाले खेल प्रदर्शन गरेका थिए । यू–१९ का प्रशिक्षक तथा नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले प्रशिक्षक तथा निर्देशकको भुमिका निभाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार