बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पदक विजेता सरकारद्वारा सम्मानित

बिहिबार, साउन ९ २०७६

काठमाडौं(जस)–नेपाललाई अन्तर्राष्ट्रिय पदक जिताउन सफल खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुद मन्त्रालयले बुधबार नगद पुरस्कारसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयका आयोजित कार्यक्रमबीच नेपाललाई स्वर्ण दिलाउने धावक अजितकुमार यादव, ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र अजय तामाङलाई जनही एकलाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । अजितले गत चैतमा भएको युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । प्रिन्सले गत असोजमा दुबई सम्पन्न इन्टरनेशनल जुनियर च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । अजयले स्पेसल ओलम्पिकमा स्वर्ण जितेका हुन् । मन्त्रालयले अजितका प्रशिक्षक धनिराम चौधरीलाई पनि ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो ।
यसैगरी मन्त्रालयले स्पेसल ओलम्पिकमा रजत जितेकी महिमा कोइरालालाई पनि ५० हजार, गतबर्ष पाकिस्तानमा भएको पहिलो अन्तर्रा्ष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज विजेता नेत्रहीन महिला क्रिकेट टोलीका १५ जना खेलाडीलाई जनही ५० हजार र सातजना अफिसियललाई २५ हजार तथा विराटनगरमा सम्पन्न पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई जनही ३२ हजार पाँचसय रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका सदस्यसचिव रमेश सिलवाल, खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा लगायतले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार