बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

बिहिबार, साउन ९ २०७६

काठमाडौं / अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना गर्ने निर्णय गरेको छ ।

फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले ५ अर्ब डलर जरिवाना तिराउने निर्णय लिएको हो ।

बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकले ५ अर्ब जरिवाना तिर्नेछ ।

यस्तै, फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ । उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन ।

कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लंघन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको यो पहिलो पटक हो । एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार