शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा

मंगलबार, साउन ७ २०७६

काठमाडौं(जस)–एनआइसी क्यापिटल लिमिटेडले स–साना रकमलाई एकीकृत गरी लगानी गर्ने उद्देश्यले रु एक अर्ब २५ करोडको ‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा गरेको छ । एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत लिमिटेडले यही साउन ८ गतेदेखि १२ करोड ५० लाख एकाइ निष्कासन गर्ने भएको छ ।
त्यसको ८५ प्रतिशत सर्वसाधारणलाई तथा १५ प्रतिशत एकाइ कोष प्रवद्र्धक एनआइसी एसिया बैंक तथा योजना व्यवस्थापक एनआइसी क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । प्रति एकाइ रु १० का दरले बिक्री गरिनेछ । यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले प्रचलित सामूहिक लगानी कोष नियमावलीले निर्दिष्ट गरेका क्षेत्रमा लगानी गरी आर्जन भएको मुनाफा सम्बन्धित एकाइ धनीलाई वितरण गरिने जानकारी दिए ।
सामूहिक लगानी कोष सञ्चालनमा आउँदा मुलुकमा पूँजी बजारको विकास विस्तारमा महत्वपूर्ण योगदान पुग्ने मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझीले बताए । सर्वसाधारणबाट सङ्कलित रकम धितोपत्रको दोस्रो बजार तथा नियमावलीले तोकेका अन्य क्षेत्रमा लगानी गरी हरेक वर्ष एकाइ धनीलाई उच्च प्रतिफल उपलब्ध गराउने जनाइएको छ । उक्त संस्थाले गत आव २०७५÷७६ मा करीब रु एक अर्बको एकाइ निष्कासन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार