काठमाडौं(जस)–सामसङ इलेक्ट्रोनिक्सले नयाँ ग्यालेक्सी ए८० स्मार्ट फोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यस फोनको प्रयोग गरी हामीहरुलाई लाइभ सम्बाद, फोटो खिच्न, भिडियोहरु हेर्न तथा आफ्ना अनुभवहरु साट्ने जस्ता क्रियाकलाप गर्न सजिलो हुनेछ । यो प्रविधिसँगै ‘नयाँ सेल्फी’ को जमानाबाट ‘एरा अफ लाईभ’मा पुगेको सामसङले जनाएको छ । यसको लागि वास्तविक एवं अर्थपूर्ण कनेक्सनको आवश्यता महसुस हुने कम्पनीले दावी गरेको छ । विकासको यो गतिलाई निरन्तरता दिन ग्यालेक्सी ए८० स्मार्ट फोन बजारमा प्रस्तुत गरेको सामसङले बताएको छ । यसमा फुल स्क्रिन डिस्प्ले, सामसङको पहिलो क्रान्तिकारी रोटेटिङ क्यामरा तथा इन्टलिजेन्ट व्याट्रि जस्ता अद्वितीय सुविधा समाहित छन् ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले ग्राहक केन्द्रित भएर हरेक कार्यहरु गर्दै आएको र ग्राहकहरुले आफ्नो व्यक्तिगत जीवनमा विशिष्टिकृत उपकरणहरुको खोजी गर्दै आएको बताए । उनले भने, ‘हाम्रो विशेषज्ञता, ग्लोबल क्षमता तथा ग्राहकहरुको अन्तर्दृष्टिले गर्दा सामसङले ग्राहकहरु समक्ष नवीनतम आविस्करहरु प्रस्तुत गर्न सफल भएको छ’ । ग्यालेक्सी ए सिरिज मेडेलले अद्वितीय आवश्यकता पूरा गर्दै आएको कम्पनीले दावी गरेको छ । ग्यालेक्सी ए८० मा भएको समसङको पहिलो रोटेटिङ क्यामेराले प्रयोगकर्तालाई आफू वरिपरिको संसारलाई सहजै कैद गर्ने अवसर प्रदान गर्दछ । जब क्यामरामा भएको एप फोटो खिच्नको लागि प्रयोग गरिन्छ तब फोनको पछाडि भएका तिनैवटा क्यामरा स्वतः पप–अप भई रोटेट हुन्छन् ।
यसका ट्रिपल क्यामराले अद्वितीय गुणस्तर प्रदान गर्दछ । यसको इनोभेटिभ क्यामेरा मेकानिजम्ले फ्रन्ट र रेयर दुबैमा उत्कृष्ट अनुभव प्रदान गर्न उही हाइ रिजोलुसन लेन्स प्रयोग गर्ने भएकोले क्वालिटीको कुनै चिन्ता गर्नु नपर्ने कम्पनीले बताएको छ । ४८ मेगापिक्सलको मुख्य क्यामराले दिनमा वा रातमा स्पष्ट एवं सफा फोटो खिच्न सकिन्छ । ग्यालेक्सी ए८०को थ्रीडी डेप्थ क्यामेराले लाइभ फोकस गरी कुनै पनि वस्तुको गहिराइ मापन गर्न सक्दछ । यसमा प्रयोग भएको अल्ट्रा वाइड एङ्गल लेन्सले मानव आँखाले जस्तो देख्न सक्छ त्यस्तै क्यामरामा कैद गर्न सक्दछ ।