बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

कतारविरुद्ध पहिलो खेल गुमाएको नेपाललाई अर्को झट्का कप्तान पारस खड्का घाइते ढाडमा समस्या

मंगलबार, साउन ७ २०७६

काठमाण्डा( जस)–नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा कतारविरुद्ध घाइते भएपछि दोस्रो खेलमा खेल्ने सम्भावना कम रहेको छ । कतारविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको साझेदारीमा राम्रो सुरुवात पाएको थियो । यी दुईले ६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । पारस छैटौं ओभरको अन्तिम बलमा लामो सट प्रहार गर्ने क्रममा मिड विकेट बाउन्ड्रीमा समातिएका थिए । पारसले इनिङको पहिलो बलमा नै ढाडमा समस्या आएको बताएका थिए ।

पहिलो बलमा नै मेरो ढाडमा समस्या आयो । मैदानमा हुँदा धेरै दुखाइ थिएन त्यसैले खेलिरहे, आउट भएर फर्केपछि भने दुखाइ बढ्यो । दोस्रो इनिङमा उभिन नै समस्या भएपछि पेभेलियनमै बस्नुपर्यो उनले भने । पारस मैदानमा खेल चलिरहँदा चिन्तित मुद्रामा देखिएका थिए । उनलाई खेलपछि हिड्न नै कठिनाइ भइरहेको थियो । उनको स्थानमा दोस्रो इनिङमा पवन सर्राफले पूरै समय फिल्डिङ गरेका थिए । यसअघि पनी पारस लामो समय उक्त समस्याबाट पिडित रहेका थिए । यसपटक भने समस्या सामान्य रहेको र केहि विश्रामपछि ठिक हुने उनले बताएका छन् । उनी भोलि खेल्ने वा नखेल्ने टुंगो भने लागिसकेको छैन ।

टोलीका प्रशिक्षक उमेश पटवालले पनि पारस दोस्रो इनिङमा मैदानमा नहुनुले नतिजामा असर परेको स्वीकारे । ‘ पारस एक उत्कृष्ट कप्तान हुन् । उनी मैदानमा हुँदा रन जोड्ने मात्र नभएर टोलीको हौसला बढाउने र उचित निर्णय लिन सक्छन् । पारस मैदानमा नहुँदा टोलीको प्रदर्शनमा पक्कै असर गरेको हो । तर हारको कारण भने हाम्रो नराम्रो क्रिकेट खेल्नु नै हो पटवालले भने ।पारसले बुधबार मलेसियाविरुद्ध खेल गुमाएको खण्डमा बिहीबार र शुक्रबार पनि विश्राम लिनेछन् । नेपालले अन्तिम दुई खेल शनिबार र आइतबार आयोजक सिंगापुर र कुवेतसँग खेल्नेछ ।

आज भएको कतारविरुद्धको खेलमा ४ विकेटले नेपाल पराजित भएको हो। नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९।२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। कतारका लागि इनाम उल अकले सबैभन्दा बढी ४१ रन जोड्दै उत्कृष्ट सुरुवात गरेका थिए। त्यस्तै कमरान खानले २२, नोमन सरवारले १५ तथा जाहिर इब्राहिमले १२ रनको योगदान दिँदा कतारले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो। बलिङ्तर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। त्यस्तै करण केसीले १ विकेट लिएका थिए।पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए। त्यस्तै कप्तान पारस खड्काले २८ र ज्ञानेन्द्र मल्लले २३ रन तथा सोमपाल कामीले ११ रन बनाउन बाहेकअरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।पहिलो खेलमा पराजय भोगेसँगै छनोटका लागी नेपाललाई बाकीँ सबै खेल जित्नै पर्ने दवाब रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार