बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

मैत्रीपूर्ण खेलमा लिभरपुलको लगातार दोस्रो हार

सोमबार, साउन ६ २०७६

काठमाडौं(एजेन्सी)–च्याम्पियन्स लिग विजेता लिभरपुल मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा सेभिल्लाले लिभरपुललाई प्रि(सिजनको मैत्रीपूर्ण खेलमा २(१ गोल अन्तरले पराजित गरेको छ । सेभिल्लाको जितमा नोलितो र एलेजान्द्रो पोजोले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि डिभोक ओरिगीले एक गोल गरेका थिए ।
प्रि(सिजन खेल अन्तर्गत लिभरपुल यस अघि जर्मनी क्लब डोर्टमण्डसँग समेत ३–२ गोल अन्तरले पराजित भएको थियो । लिभरपुल प्रिमियर लिग सुरु हुनु अघि अझै तीन मैत्रीपूर्ण खेल खेल्ने छ । जसमा स्पोर्टिंग, नापोली र लियोनसँग खेल्ने तालिका रहेको छ । लिभरपुलको प्रि(सिजन टुरमा टिमका महत्वपूर्ण खेलाडीहरु मोहमद सलाह, रोबेर्टो फिर्मिनो र साडियो माने भने अनुपस्थित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार