बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

रेगनलाई स्नुकर उपाधि

सोमबार, साउन ६ २०७६

काठमाडौं(जस)–प्रथम चामुण्डा अल नेपाल स्नुकर च्याम्पियनसिपको उपाधि रेगन श्रेष्ठले जितेका छन् । रेगनले फाइनलमा राजन लामालाई ७–४ को फ्रेममा पराजित गरे । उपाधिसँगै रेगनले दुई लाख रुपैयाँ र उपविजेता राजनले ७५ हजार रुपैयाँ पुरस्कार पाए । सोम लामा र निर्माण बोगटी तेस्रो भए । दुवैले जनही ३० हजार रुपैयाँ पुरस्कार पाए । यो नेपाली स्नुकरको इतिहासमै सर्वाधिक पुरस्कार राशीको प्रतियोगता भएको बताइएको छ ।
चामुण्डा स्नुकर क्लबद्वारा आयोजित प्रतियोगितामा राजन सर्वाधिक ब्रेककर्ता पनि बने । ८१ ब्रेक गरेका राजनले थप ३० हजार रुपैयाँ पुरस्कार पाए । दोर्जे पाख्रिन उत्कृष्ट खेलाडी चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, सदस्य इन्दिरा निरौला, नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोज मुल्मीलगायतले पुरस्कार प्रदान गरे प्रतियोगितामा एक सय ५० खेलाडीले भाग लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार