बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

बंगलादेशविरुद्ध खेल्ने श्रीलंका टिमको घोषणा

शनिबार, साउन ४ २०७६

काठमाडौं(एजेन्सी)–श्रीलंकाले बंगलादेशविरुद्ध खेल्ने एकदिवसीय क्रिकेट सिरिजका लागि खेलाडी घोषणा गरेको छ । विश्वकपमा असफल भएको श्रीलंकाको एकदिवसीय टिममा व्यापक परिवर्तन गरिएको छ । विश्वकप खेल्न गएका ४ खेलाडीलाई टिमबाट बाहिर राखिएको छ भने २९ बर्षिय दिनेश चण्डीमल फेरी पनि टिममा परेका छैनन् । त्यस्तै विश्वकपका क्रममा विरामी भएर अन्तिम खेलहरु गुमाएका नुवान प्रदिप टिममा फर्किएका छन् । समग्रमा हालै एकदिवसीय क्रिकेटबाट बाहिर रहका १० खेलाडीलाई टिममा समावेश गरिएको छ ।
श्रीलंकाको टिममा दिमुथ करुणारत्ने (कप्तान), कुसल परेरा, अभिष्का फेर्नानडो, कुसल मेन्डिस, एन्जेलो म्याथ्युज, लाहिरु थिरिमाने, शेहान जयसूर्या, धनन्जय डिसिल्भा, निरोशान डिकवेला, दनुश्का गुनाथिलाका, दनुस शानका, वानिदु हसरंगा, अकिल धनन्जय, अमिला अपोन्सो, लक्शन सन्दाकन, लातिस मालिंगा, नुवान प्रदीप, कसुन रजिथा, लागिरु कुमारा, थिससारापरेरा, इसुरु उदाना र लाहिरु मदुशानका रहेका छन् । श्रीलंकाले बंगलादेशविरुद्ध घरेलु मैदानमा जुलाई २३ देखि ३१ सम्म तीन एकदिवसीय खेलको सिरिज खेल्दै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार