टोकियो, ३ साउन २०७६– बिगत लामो समय देखि जापान बस्दै आएका समाजसेवी एवम् एन. आर. एन. ए अभियन्ता कपिलदेब थापाले एशिया प्यासिफिक सह–सयोजकको पदमा उमेद्वारी घोषणा गर्दै उनले भने बिगत ३२ बर्ष देखि जापानलाइ कर्मथलो बानउदै जापान तथा नेपालमा लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहदै आइरहेको कुरा यहाँहरु समक्ष सगौरव जानकारी गराउदछु ।एन.आर.एन.ए आई सि सिको स्थापनाकाल देखी नै यस अभियानमा अनवरत रुपमा लागिरहेको छु ।

एनआरएनए जापानको सदस्य, उपाध्यक्ष हुदै एनआरएनए आई सि सिका विभिन्न सामाजिक समितीहरूमा संयोजक, सह–सयोजक तथा सदस्यको रूपमा काम गर्दै आएको कुरा यहाँहरूलाइ अबगत गराउन चाहन्छु ।बर्तमान एन.आर.एन.ए जापानको आइसिसी सदस्य रहेको छु । आज सम्म यो सामाजिक कार्यमा सहभागी भै रहदा पाएको यहाँ हरुको साथ माया सल्लाह र सुझाब लाई मनन गर्दै आगामी कार्यकालमा समेत अग्रज तथा मित्रहरुको सुझाबलाइ मध्यनजर गर्दै यो अभियानमा निरन्तरता दिने मनशाय बनाएको कुरा यसै मार्फत यहाँहरुलाइ जानकारी गराउन चाहन्छु ।
बर्तमानमा आफूले गरिरहेका अधुरा कार्य हरूलाइ पूर्णतादिने र गर्न चाहेका धेरै कामहरु लाइ सम्पन्न गर्ने उत्साह सहित यो पटक एशिया प्यासिफिक सह–संयोजकको पदमा उमेद्वारी दिन गइरहेको कुरा समेत यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु ।यो अभियानमा जोडीएसंगै एन.आर.एन.ए को विधी र विधानलाई पहिलो प्रथामिकतामा राखी समाजसेवालाई निरन्तरता दिदै आएकोछु । समाज बाट नै हामीले धेरै ज्ञान लिन सकिने हुनाले यही अभियानकै दौरानमा धेरै कुरा सिक्ने अबसर समेत प्राप्त गरेको छु ।नेपालका बिभिन्न जिल्ला हरूमा स्वास्थ्य शिक्षा खानेपानी एम्बुलेन्स कृषि लगायतका बिबिध सामाजिक क्षेत्रहरूमा काम गर्दै जापानबाट व्हिलचिएर र एम्बुलेन्स संकलन गरी नेपालमा अति आबस्यक ब्यक्ति र संघ सस्थाहरूलाइ बितरण गर्ने कामको लागी सहयोग गर्दै आएको छु र आज सम्म मेरो पहलमा ४७८ वटा व्हिलचियर नेपालमा वितरण गरिसकेको समेत जानकारी गराउदछु ।

नेपाल सरकारबाट अनुमति प्राप्त गरि १००० थान व्हिलचियर नेपाल लैजाने प्रक्रियामा रहेको समेत जानकारी गराउदछु ।१० वटा एम्बुलेन्स जापानबाट नेपाललान तैयार पारेकोमा ४ वटा लान सफल भएकाछौ र बाकि ६ वटाका लागि नयॉ तरिकाले पहल हुदैछ । देशै भरिका कृषकहरूलाइ सहयोग हुने गरि एन.आर.एन.ए मुनामार्टको अबधारणाका साथ कृषिलाइ अघि बढाउने एन.आर.एन.ए आई सि सि को कृषि प्रबर्धन समितिको टिममा बसेर काम गर्दैछु ।

राज्यको सबै स्कुल र समुदायमा एक पुस्तकालय अनिबार्य हुनै पर्छ भन्ने अभियानमाका साथ यस सस्थाको अध्यक्षको हैसियतले काम गरिरहेको छु । देशका बिबिन्न ठाउमा आठ ८ वटा पक्कि स्कुल भबन र शौचालय बनाइ शैक्षिक सामाग्रिहरू बितरण कार्य सम्पन्न गरेका छौ । यस्ता खाले सबै सामाजिक कामहरूमा एन.आर.एन.ए आइसीसी, एनआरएनए जापान, जापनाबासि नेपाली र जापानी मित्रहरू र बिभिन्न संघ संस्थाहरूबाट मलाइ अतुलनिय सहयोग र समर्थन रहेको छ । आज सम्म मलाइ र मेरो टिमको कार्यलाई सहयोग गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै धन्यबाद व्यक्त गर्न चाहन्छु ।नेपालमा यो व्हिलाचिएर प्रयोग गर्ने र बिबिध सामाजिक सेवा हरू हामि बाट प्राप्त गर्नु हुने सम्पूर्ण साथी भाई इष्टमित्रहरूको आग्रहले म मा नयाँ ऊर्जा पैदा भएको महसुस गरेकोछु ।यसकारण यी र यस्ताकार्यलाइ अब एशियाका बिभिन्न देशहरूबाट सुरुगर्न सकिने सम्भाव्यतालाइ मध्यनजर गर्दै यो पटक एशिया प्यासिफिक को तर्फबाट डी आर सी( क्षेत्रीय सह–सम्योजक) पदमा उम्मेदवारी दिने बिचार गरेको छु । म सधैं सहमती र सहकार्यलाई केन्द्रविन्दुमा राखेर काम गर्नेगरेको र गर्न चाहन्छु ।सम्पूर्ण मित्रहरुबाट बिगतमा जस्तै सहयोग र सुझावको अपेक्षा राखेको छु । एन.आर.एन.ए एउटा सामाजिक अभियान भएकोले यसको मर्मलाई आत्मसाथ राखी निरन्तरता दिने प्रयास गर्ने छु ।
जय देश जय एन.आर.एन.ए
कपिलदेव थापा
एन.आर.एन.ए आइसीसी सदस्य
सह–संयोजक कृषि प्रबर्धन समिति एन.आर.एन.ए आई सि सि
संयोजक –मानबिय कल्याणकारि सहयोग समिति एसिया प्यासिफिक एन.आर.एन.ए
आई सि सि
अध्यक्ष –नेपाल लाईब्रेरी फ़ाउन्डेशन